चिनीयाँ सेना भारतीय सिमामा छिरेपछि …

बैशाख, एजेन्सी । चिनीयाँ सेना भारतीय सिमामा छिरेका कारण अहिले भारत र चीनबीच चिसोपन बढ्दै गएको छ भने भारत निकै छटपटीमा परेको बताएइएको छ । आफ्नो सिमामा चीनको सैनिक आएर अखडा नै बनाएर बसेपछी भारतभरि तनाव तथा छटपटी बढैको छ । यसैबीच भारतीय विदेश सचिव रञ्जन मथाईले चीनका राजदुतलाई बोलाएर यस विषयको विरोध गरेको बताइएको छ ।DE232218BBC99B233BAA33903A18E5
रञ्जनले चीनीयाँ राजदुत वेईवेईलाई भेटेर यस्तो कार्यले आसन्न चीनीयाँ प्रधानमन्त्रीको भारत भ्रमणलाई समेत प्रभावित पार्नेतर्फ ध्यानाकर्षण गराएका थिए । यता बिजेपीले प्रधानमन्त्री मनमोहन सिंहलाई घुमाउरो पारामा निकम्बा सरकार भन्दै चीनले भारतको कमजोर सरकारका कारण त्यसको फाइदा उठाएको बताएको छ ।
यसैबीच, भारतका सेनाध्यक्ष विक्रम सिंह अहिले जम्बू काश्मिरको भ्रमणमा पुगेका छन् । जनरल सिंहले जम्बूको नगरोटामा आर्मीका उच्च पदस्थ अधिकारीहरूसँग बसेर वार्ता गरेका छन् ।
यता सिमामा प्रवेश गरेको चिनीयाँ सेनासँग फ्ल्याग मिटिङ (दुवै सेनाका एउटै ओहदाको बैठक) गर्नका लागी आग्रह भारतीय प्रहरीले जनाएको छ । उनीहरू पनि यस विषयमा सकारात्मक रहेको बताइएको छ । उनीहरूले भारतीय सिमामा चीनियाँ सिमाका विषयमा छलफल गर्न खोजेको बताइएको छ । भारतमा चीनीयाँ सेना प्रवेश गरेपछी उत्पन्न परिस्थिति र चीनीयाँ सेनालाई फिर्ता पठाउने विषयमा पनि यी दुई देशका सेनाबीच छलफल हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।