बिग बोस मा सलमान आउट शाहारुख इन

भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को आउँदो सिजनको होस्टको चर्चाले बलिउड तातेको छ। बताइए अनुसार आउँदो सिजन बलिउडका किङ खान अर्थात शाहरुख खानले सञ्चालन गर्देछन्। ‘बिग बोस’मा शाहरूख आउने कुराले चर्चा बढनुको कारण हो सलमानसंगको शाहरुखको दुश्मनी, यसअघिका तीन सिजनको होस्ट सलमान खानले गरेका थिए। सलमान र शाहरुख बलिउडका सवै भन्दा ठुला दुश्मन मानिन्छन्।srk-salman-new
यस पटक भने सलमानले कार्यक्रम होस्ट नगर्ने भएका छन्। सलमानले नगर्ने भएपछि कार्यक्रमका निर्माताहरुले उनका दुश्मन शाहरुख खानलाई कार्यक्रम सञ्चालनको अफर गरेका छन्। बिग बोस-७को शुरुवात यो वर्षको अन्त्यतिर शुरु हुने बताएको छ।
शाहरूखले बिगबोस-७ मा काम गर्ने संकेत दिइसकेको बताइएको छ। उत सलमानले भने आफूले छोडेपछी शाहरुखले बिगबोस चलाउने भएपछि खिन्न भएको बताइन्छ। उनि सकेसम्म बिगबोसमा शाहरुखलाई देख्न चाहँदैनन्।
तर सलमान ‘बिग बोस’मा पुन काम गर्न सक्ने अवस्थामा भने छैनन्, समयको अभावमा उनको होम प्रोडक्सन ‘मेन्टल’को काम शुरु हुनसकेको छैन् भने उनको स्वास्थ्ले उनलाई साथ दिन छोडेको छ ।

तपाइँको प्रतिक्रिया ।