अहिले खनिएको बाटो यो हिउद सम्म निर्माण सम्पन्न गर्न पहल गरिरहेका छौ : गगन थापा

अहिले खनिएको बाटो यो हिउद सम्म निर्माण सम्पन्न गर्न पहल गरिरहेका छौ : गगन थापा

कपन अनलाइन 

काठमाडौ,साउन २९।

`युबा जागे ,देश जाग्छ´ भन्ने नाराको साथमा नेपाली काङ्ग्रेस ,नेपाल तरुण दल ,नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका १३ को संयुक्त आयोजनामा श्री जनउद्दार मावी गाम्चामा  भएको युवा प्रशिक्षण कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले अहिले खनिएको बाटो यो हिउद सम्ममा निर्माण सम्पन्न गर्न  ठेकेदारको  घर घर पुगी पहल गरेको र वचन समेत पाएको बताएका छन ।

काठमाडौं क्षेत्र नं ४ का सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथी ने .बि संघ केन्द्रिय उपाध्यक्ष डिल्ली राम सुवेदी ,क्षेत्र नं ४ का पुर्ब क्षेत्रीय सभापती  न्युछे नारायण श्रेष्ठ ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य रोहित पौडेल ,युबा उद्यमशीलका तर्फ बाट बिबेश गिरी तथा युबा स्वरोजगारको तर्फ बाट श्रीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै क्षेत्र नं  ४  का सासद गगन कुमार थापाले यस्ता प्रसिक्षण  कार्यक्रमले युबाहरुमा आत्मबिश्वास जगाउने र केही काम गर्न हौसला मिल्ने बताए। थापाले बाटो मात्रै बनेर बिकास नहुने जब बाटो सङै आफुले उब्जाएको ,उत्पादन गरेको बस्तुले बजार सम्म पहुच पाउछ  तब मात्र बिकासको अनुभूति हुनेमा जोड दिए  ।

आफुलाइ जनताले जिम्मा दिएको संविधान बनाई सकेकोले अव बिकास निर्माणको काममा आफू सधै क्रियाशिल हुने र यसको लागी सधै अनुगमनको समय नहुने भएकोले जनताले अनुगमन गरेर सुझाब दिए आफुलाइ अझ सक्रिय हुन सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेस क्षेत्र नं  ४ का पुर्व  क्षेत्रीय सभापति न्युछे नारायण श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको औचित्य पुष्टि गरेका थिए भने कार्यक्रममा स्वरोजगार  सम्बन्धी प्रशिक्षण श्रीप्रसाद पौडेलले दिएका थिए।

ने बि संघ का केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले काङ्ग्रेसको इतिहासको बारेमा चर्चा गरे भने बिबेश गिरीले युबाहरुलाइ साना व्यवसायी  हुन आवस्यक तालिम दिलाउन आफू सदैब तयार रहेको प्रतिवद्दता व्यक्त गरेका थिए।मदनदास श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन सन्तोष के.सी.ले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।