गंगाहिटी टोल सुधार समितिमा नयाँ कार्यसमिति निर्वाचित

गंगाहिटी टोल सुधार समितिमा नयाँ कार्यसमिति निर्वाचित

कपन अनलाइन

काठमाडौ,साउन २९।

काठमाण्डौ महानगरपालिका वडा नं.७ चावहिल गंगाहिटी टोल सुधार समितिको ८ औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौ महानगरपालिका  वडा नं.७ समितिका अध्यक्ष सुद्ध कुमार डंगोलको प्रमुख आत्थियतामा सम्पन्न कार्यकममा विभिन्न संस्थाका प्रतिनिधिहरु टोलका विशिष्ट व्यक्तिहरु र टोलबासीहरुको उपस्थिती रहेको थियो ।

उक्त साधारण सभामा समितिका पूर्व अध्यक्षहरु बाबुराम मिश्र, बद्री प्रसाद प्रसाई  र रत्न प्रसाद आर्चाय लगायत टोल विकासमा योगदान पुर्याउने व्यत्तिहरुलाई सम्मान गरिएको थियो ।
गंगाहिटि टोल सुधार समितिका अध्यक्ष कृष्णमणि भट्टराइको अध्यक्षतामा भएको सो उक्त कार्यक्रममा उपाअध्यक्ष अन्जु शर्माले स्वागत गरेकी थिइन्।

साधारण सभाले २ वर्षका लागि १५ सदस्यीय कार्य समिति चयन गरेको छ जसको अध्यक्षतामा रामेश्वर जंग के.सी ,वरिष्ठ उपाध्यक्ष  दिपक आर्चाय, उपाध्यक्ष कृष्ण प्रसाद ढुगाना, सचिव भिम बहादुर कार्की, कोषाध्यक्ष मिलन जोशी, सह सचिव इश्वरी देवि मिश्र र सदस्यहरुमा सम्झाना श्रेष्ठ, सुमन बस्नेत, जुना श्रेष्ठ, विजय नारायण श्रेष्ठ, ठाकुर सेढाइ, परसुराम उपाध्याय, विश्वनाथ भट्टराई, सुदर्शन सीग्देल र असोक धिताल सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।