कपन ह्याण्डवल चौरमा इन्डोर कर्भडहल बन्ने

कपन ह्याण्डवल चौरमा इन्डोर कर्भडहल बन्ने

कपन अनलाइन 

काठमाडौ,साउन २७ /बद्री भट्टराई

लामो समयको प्रतिक्षा पश्चात बुढानिकलण्ठ नगरपालिका वडा नं १० मा अत्याधुनिक कर्भडहल निर्माणको सुरुवात हुने भएको छ । २०६४ देखी विभिन्न निकायमा बारम्बारको ताकेता र प्रयास पश्चात हाल साधारण बलौटे मैदान देखिएको कपन आकासेधारा कर्भडहल निर्माणको  बाटो खुलेको छ ।

बुढानिलकण्ठ र समग्र नेपालको खेलकुुदलाई बलियो बनाउन यसको निकै ठुलो महत्व हुने भएकाले स्थानीयवासीहरुको समेत साथ र सहयोग लिएर अघि बढ्ने योजना रहेको बताए ।

एक दिन पक्का त्यो समय आउने छ कि बुढानिलकण्ठ खेलकुद हव  बन्ने छ , त्यसको सुरुवात यो कर्भडहलको निर्माण रहेको ह्याण्डबल खेललाई स्थापित गराउने अभियानमा समेत रहेका एक खेलकुदकर्मीले बताए  ।

जिखेविस अध्यक्ष, उपाध्यक्ष ,नेपाल ह्याण्डबल संघका उपाध्यक्ष रामकृष्ण के.सी, कोषाध्यक्ष मिठाराम अधिकारी सहित नेपाली खेलकुद क्षेत्रका  धेरै हस्तीहरु यस क्षेत्रमा बसोबास गर्ने भएकाले कर्भडहल बन्ने विषयमा आफु विश्वत भएको र यसका लागि लागिरहने जिखेविस काठमाण्डौका  अध्यक्ष धुर्वराज न्यौपानेले बताए ।

यहाँ बन्ने कभर्डहल ह्यान्डवल खेलको अन्तरास्ट्रिय मैदान हुनेछ जसको प्रयोगले हामी स्थानीय खेलाडी हरुलाई अन्तरास्ट्रिय मन्चमा पुर्याउने अभियानमा सफल हुने नेपाल ह्याण्डबल संघका उपाध्यक्ष रामकृष्ण के.सीले बताए ।

कभर्डहलको निर्माण विस्तृत अध्ययन सकिएको र अव निर्माणको प्रकृया सुरु गरिने नेपाल ह्याण्डबल संघका एक सदस्यले बताए ।

 

तपाइँको प्रतिक्रिया ।