त्रिज्योती मावीका विद्यार्थीहरुले खाजा खर्च कटाएर दृस्टी बिहिनहरुलाई सहयोग गरे

त्रिज्योती मावीका विद्यार्थीहरुले खाजा खर्च कटाएर दृस्टी बिहिनहरुलाई सहयोग गरे

कपन अनलाइन 

काठमाडौ,साउन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको त्रिज्योती मावीमा अध्ययनरत विद्यार्थीहरुले एन ए वी नामक दृस्टी बिहिनहरुको संस्थालाई खाध्यान सहयोग गरेका छन ।

साउन २१ गते एक कार्यक्रम गरी सो सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका सहायक प्राचार्य गणेश कुमार मिश्र ,  आर्थिक निर्देसक अजय खनाल र विद्यालयका शिक्षक विनोद गुरागाईंले विद्यार्थीहरुको उपस्थितिमा संयुक्त रुपमा विभिन्न खाद्य सामाग्री   वितरण गरेका थिए ।

त्रिज्योती मावीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर १० हजार वरावरको सहयोग गरेका थिए ।

यो कार्यक्रम पाठ्यक्रमको सामाजिक सेवा अन्तर्गत विद्यार्थीहरुलाई रचनात्मक र स्वमसेवी बनाउन संचालन गरिएको विद्यालयका सहायक प्राचार्य गणेश कुमार मिश्रले बताए । यसको साथै अन्य दिनमा पनि बुनपा १० का नेत्र विहिन महिलाहरुलाई रचनात्मक कार्यक्रमका अतिरिक्त अन्य सहयोग गर्ने योजना रहेको उनले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।