जिप दुर्घटनामा नौको मृत्यु

कपन अनलाइन 

डोटी, २१ साउन । अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिप्रका डोटीले जनाएको छ ।

मृतकमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । उनीहरुको सनाखत भने भइसकेको छैन । चालक विष्णु नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।

घाइते चारै जना पुरुष हुन् । उनीहरुको अवस्था नाजुक रहेको नायब प्रहरी उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। उनीहरुलाई उपचारका लागि दिपायलस्थित सुजंग अस्पतालमा लैजाँदै गरिएको छ । दिपायल आइपुग्न पाँच घण्टाभन्दा बढी समय लाग्ने छ ।

जिप सडकबाट करिब ४०० मि तल खसेको छ । जिपमा कुल १६ जना सवार भएकामा तीन जनाको अवस्था सामान्य छ । उनीहरुले हामफालेर ज्यान जोगाएका छन् । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइँको प्रतिक्रिया ।