पायोनीयरले १५ औं अभिभावक दिवस मनायो ।

कपनस्थित पायोनीयर इन्टरनेशनल पब्लिक स्कुलले आºनो पन्ध्रौं वार्षिकोत्सव मनाएको छ । चैत्र ३१ गते शनिवार विद्यालयले पूर्व शिक्षा सहसचिव तथा प्रवक्ता लवप्रसाद त्रिपाठीकोDSC07757 प्रमुख आतिथ्यतामा पन्ध्रौं वार्षिकोत्सवका साथ अभिभावक दिवस तथा पुरस्कार वितरण समेत सम्पन्न गरेको छ । कपनको शिक्षासेवी  अशोक रिमाल लगायतको आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपालको पहिलो थ्रिडि चलचित्र भिजिलान्तेका निर्देशक दिपेन्द्र के खनाल, नायक राज घिमिरे, नायिकाहरु प्रियंका कार्की र दिपशिखा शाहीको समेत उपस्थिति रहेको थियो ।

समारोहमा विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए । विद्यालयका प्रधानाध्यापक शंकरराज न्यौपानेले विद्यालयको प्रगति विवरण र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । कपनका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुबाट संचालित यस विद्यालयले न्यून शुल्कमा स्तरीय शिक्षा प्रदान गरिआएको छ । साथै सरकारले तोकेको १० प्रतिशतभन्दा पनि बढी छात्रवृत्ति यस विद्यालयले प्रदान गरिरहेको कुरा विद्यालयका कार्यकारी निर्देशक पुण्यराज पुडासैनीले बताउनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।