साइबर क्याफे मा आगलागी १३ मृत्यु

वेइजिङ, वैशाख २ एजेन्सी चीनको सियाङग्यन सहरको एक इन्टरनेट क्याफेमा लागेको आगोमा परी १३ जनाको मृत्यु भएको र ५० भन्दा बढि घाइते भएका छन् ।

चीनकोबेजिंग हुवाई प्रान्तमा सहरमा रहेको इन्टरनेट क्याफेबाट फैलिएको आगोले होटलमा पनि सल्किएको हो । होटलका गेस्टहस्को उद्दार कार्य जारी रहेको सिन्ह्रवा ले जनाएको छ ।

सिन्ह्रवाका अनुसार होटलका ५० मध्ये ४२ कोठामा मानिसहरु थिए होटलको दोस्रो तलामा रहेको इन्टरनेट क्याफेमा लागेको आगो ५ तले घरको माथि हुदै फैलिएको थियो ।

आगलागी के कति कारणले भयो खुल्न सकेको छैन । चाइनाको न्युज च्यानल न्युज सर्भिस टेलिभिजनले होटलको झयालबाट निस्किएको धुँवाको मुस्लो देखाएको छ ।

तपाइँको प्रतिक्रिया ।