युवा संघ नेपालले अन्तर जिल्ला कमिटीहरु स्थगित गर्ने

युवा संघ नेपालले अन्तर जिल्ला कमिटीहरु स्थगित गर्ने

कपन अनलाइन 

काठमाडौ,साउन ९ ।

युवा संघ नेपालको जारी स्थायी कमिटीको बैठकले सुनसरी र काठमाडौं जिल्लाको विवाद समाधान गरी पर्साको  विवाद समधानको जिम्मा पार्टी कमिटीलाई जिम्मा दिने निर्णय गरेको छ । काठमाडौंमा जारी बैठकले युवा संघलाई प्रादेशिक संरचनामा लैजान बहस सुरु गरेको छ ।

युवा संघको विधान संसोधन लगायत समय सकिएको २ वर्ष सम्म पनि अधिबेशन नभएको अवस्थामा यसै बैठकले महाधिवेशनको मिति तोक्ने गरी छलफल भैरहेको श्रोत ले बतायो ।

पुर्व अध्यक्ष महेस बस्नेतले राजिनामा दिएर निरु पाललाई अध्यक्ष बनाए पछी युवा संघ मा विवाद सुरु भएको थियो जुन आज को बैठक सम्म जारी रहेको छ । अहिले  बसिरहेको स्थायी कमिटीको बैठकमा अन्तर जिल्ला कमिटिको विषयमा चर्काचर्की परेको छ । निकै लामो आरोप प्रत्यारोप र बहस पछी दुवै पक्ष यसलाई स्थगित गरेर जान सहमत भएका छन ।

पहिले पनि युवा संघको आन्तरिक विवादले काम को नयाँ क्षेत्र बिघटन गरिएको थियो । अहिले पनि युवा संघको असन्तुस्ट पक्ष अन्तर जिल्ला  कमिटी बिघटन हुनु पर्ने अडानमा रहेको र अल्पकालीन समधानका लागी स्थगनको बाटो रोजिएको एक स्थायी कमिटी सदस्यले बताए ।

 

तपाइँको प्रतिक्रिया ।