बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा १०२ जनाले रक्तदान गरे

बुढानिलकण्ठ नगरपालिका वडा नं  १३ मा  १०२ जनाले रक्तदान गरे

कपन अनलाइन 

काठमाडौ,साउन ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको नौलिन भद्रकाली बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । १०२ जना रक्तदाता हरुले रक्तदान गरेको कार्यक्रमा मा वडा नं १३ वासीहरुको बाक्लो उपस्थिति रहेक थियो ।

असार र साउन महिनामा रगत अभाव हुने भएकोले समाज सेवाको उत्तम कार्य रक्तदान गरिएको स्थानीय समाजसेवी टिकेस नारायण श्रेष्ठ ले बताए।वडा नं १३ चुनिखेलमा रक्तदान कार्यक्रम मा रक्त संचार केन्द्रका प्राविधिक स्वास्थ्य कर्मीहरुले सहयोग गरेका थिए ।

नौलिन भद्रकाली बचत तथा ऋण  सहकारीले सहकारिताको साथमा वेलावेलामा सामाजिक कार्यहरु गर्दै आएको सहकारीका अध्यक्ष निपेस श्रेष्ठले बताए  ।

 

तपाइँको प्रतिक्रिया ।