यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत
कपन अनलाइन
काठमाडौ,साउन ९ ।
सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । इण्डियन एसोशियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउदै ८९ रन बनायो ।
उसको लागि सायिद अजिजले ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली बलर सामू मलेसियाली ब्याट्सम्यान खुलेर खेल्न सकेनन । नेपालको लागि सन्दीप लामिछानेले ७ विकेट लिए भने शाहब अलामले २विकेट लिए । मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए ।
नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दैछ । पहिलो राउण्डको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको चार खेल मध्ये तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।