शंखरापुर नगरपालिका वडा ८ का योजना तथा कार्यक्रमहरु

शंखरापुर नगरपालिका वडा ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन ९ ।

शंखरापुर नगरपालिका वडा ८ बाट साँखु  बज्रयोगिनी घुमार चोक हुदै मणिचुड सडक ,कार्की चोक भल्भु सडकलाई मूल सडकमा जोड्ने वडाको मुख्य योजना रहेको  शंखरापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हितमान तामाङले बताए।

यस वडामा प्राथमिकतामा परेका अन्य सडकहरुमा साँखु बाट भल्भु ,कार्की टोल,अधिकारी गाउँबाट नयागाउँ हुँदै घुमारचोक बिस्तार र स्तरुन्न्ती गर्दै कालोपत्रे गर्ने योजनामा  वडा नम्बर ८ को रहेको छ  ।

आन्तारिक र बाह्य पर्यटक भित्राउन बज्रयोगिनी मन्दिर महांकाल देखी मणिचुड सम्म पदमार्ग बनाउने योजना वडाले अगाडी सरेको छ ।

पर्यटन प्रबर्धनका लागी जागरण नेपाल भन्ने संस्था र वडा नं ८ को सहकार्यमा असोज कात्तिकमा होम स्टे तालिम संचालन गर्ने र तालिमका   सहभागीलाई होम स्टेको नमुना लमजुंगको  घले गाउको भ्रमण गराउने तथा घर बनाउँदा होमे स्टेको लागी छुट्टै कोठा बनाउन वडावासीलाई प्रेरित गर्ने अध्यक्ष तामांगले बताए ।

वज्रयोगिनी मन्दिरलाई संरक्षण गरि बिश्व सम्पदा सुचीमा राख्न पहल गर्ने योजना ८ वडाले बनाएको छ  ।

यसैगरी मणिचुडमा रहेको बुद्धको दोस्रो अवतारको रूपमा महाराज मणिचुडको देवस्थलको विकास गर्दै यहाँ रहेको कुण्डको संरक्षण गरी पर्यटकीय स्थानको रूपमा  विकास  गर्ने योजना ८ वडाले बनाएको छ।

मणिचुडको नागी भन्ने स्थानबाट उपत्यकाको तीनवटै शहर काठमाडौ, ललितपुर र भक्तपुरको दृश्य अबलोकन गर्न सकिने हुँदा यस ठाउँमा भ्यु टावर  निर्माण र  बनभोज स्थल बनाई स्थानीयलाई रोजगारको अबसर सृजना गर्न विशेष पहल हर्ने अध्यक्ष  तामांगले बताए  ।

वडा भित्र रहेको मणिलिङेश्वोर सिचाइ आयोजनालाई ब्यबस्थित गरी  उपयोगमा ल्याउने योजना ८ वडाले बनाएको छ ।मणिचुडको जात्रालाई प्रचार गरी उत्तरी भेगको महत्वपूर्ण जात्रा बनाउन विशेष पहल गर्ने योजनामा वडा रहेको छ ।

नागी लप्सौरा सामुदायिक बन र हरियाली सामुदायिक बनको बीचमा बाँध बनाएर  बर्सातको आकाशे पानी संकलन गरी हिउँदमा बाझो रहेको खेत बारीमा उक्त पानीले सिँचाइ गर्ने  वडा नबर ८ ले  योजना बनाएको छ  ।

शिक्षा तर्फ वडामा रहेको उग्रतारा प्रारम्भिक विद्यालयलाई मावीसम्म सन्चालन गर्नुका साथै बिषयगत शिक्षक ल्याउन पहल गर्ने र मणिचुड आधारभुत बिद्यालयको स्तरउन्नति गर्ने र बनदेबी आधारभुत बिधालयमा अङ्ग्रेजी माध्यममा पढाउन पहल गर्ने योजना वडाको रहेको छ ।

वडा भित्र  रहेको तामाङ सस्कृतिको जगेर्ना गर्नुका साथै एउटा गुम्बा बनाउने वडा नं ८ ले योजना बनाएको छ ।

हाब्सा नेपाल भन्ने सस्थाको सहयोगमा घुमारचोक स्वस्थ्य केन्द्र संचालन गर्ने र त्यसमा डाक्टर सहितको सेवा बिस्तार गर्ने  र भुल्भु र कार्की गाउँको बिचमा एउटा स्वस्थ्य चौकी स्थापना गर्ने योजनामा वडा रहेको छ ।

युवाहरुको सृजनशील गतिविधिका लागी मणिचुडमा खेल मैदान बनाउने र वडा भित्रका सार्बजनिक जग्गा संरक्षण गर्ने योजनामा वडा नं ८ रहेको छ ।

खानेपानीको ब्यबस्थापन गर्नुका साथै एक घर एक रोजगारको दीर्घकालीन योजना वडाले बनाएको छ ।यस वडामा खेतीयोग्य जमिनलाई अधिकतम प्रयोगका लागी परम्परागत कृषि प्रणालीलाई निरुत्साहित गरी आधुनिक कृषि र अर्गानिक खेतीमा लाग्न परामर्स तथा तालीम  संचालन गर्ने योजना वडानं ८ ले बनाएको छ । यसका साथै वडामा कर सचेतना कार्यक्रम संचालन गर्ने अध्यक्ष तामांगले बताए ।

जेष्ठ नागरिक को सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने काम थालिसकेको वडाले जेष्ठ नागरिक हकहित,उनीहरुको अनुभव र ज्ञानको उपयोग गर्न ठोस कार्यक्रम तय गर्ने अध्यक्ष तामांगले बताए ।महिला लक्षित कार्यक्रममा रोजगार मुलक जीवन उपयोगी तालिम संचालन गर्ने योजना वडाले बनाएको छ ।

तपाइँको प्रतिक्रिया ।