आइसिसी महिला क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

आइसिसी महिला क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

कपन अनलाइन

काठमाडौं ,साउन  ९  ।

लर्ड्समा भएको आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि खेलमा भारतलाई ९ रनले हराउँदै इंग्ल्याण्डले उपाधि  जितेको छ । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो ।  इंग्ल्याण्डका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाइन् ।

२ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो । भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रन बनाए । इंग्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले ६ विकेट लिएर महत्वपूर्ण भूमिका निभाइन्  ।

 

तपाइँको प्रतिक्रिया ।