बाढीपीडित बालबालिका भोकै

कपन अनलाइन 

पथरी (मोरङ), ३० असार । मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका अझै नाङ्गै हिँड्न बाध्य भएका छन् । गत वर्षको साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा र सबै घर बगाएका थिए ।

त्यसपछि विस्थापित भएका मोरङको डाइनिया–३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा नहँुदा नाङ्गै हिँड्न बाध्य भएका छन् । डाइनिया गोविन्दपुर सडकखण्डको छेउको मुस्लिम बस्तीका बालबालिकालाई नाङ्गै हिँड्नु परेको उनीहरुका अभिभावक अस्गर अलीको भनाइ छ ।

ओढ्ने–ओछ्याउने नहुँदा बालबालिका निद्रा नलागेर रातभरि जाग्राम बस्ने गरेको पीडित उर्मिलादेवी राजवंशीको भनाइ छ । बाढीबाट विस्थापित गरेकै दिनदेखि वृद्धवृद्धा र बालबालिकालाई निक्कै समस्या भइरहेको पीडितको भनाइ छ । सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा सो क्षेत्रमै बसोबास गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।