डडेल्धुरामा आरजु देउवाको कारण पराजित भएको कांग्रेस कार्यकर्ताको आरोप

डडेल्धुरामा आरजु देउवाको कारण पराजित भएको कांग्रेस कार्यकर्ताको आरोप

कपन अनलाइन सम्वाददाता 

काठमाडौँ,असार २९ ।

स्थानीयतहको दोस्रो निर्वाचनमा पराजित भएपछी नेपाली कांग्रेश डडेल्धुरामा अहिले आन्तरिक कलह भुसको आगो सरी फैलीएको छ।

त्यो आरोप प्रत्यारोप अहिले जिल्लाबाट काठमाडौँसम्म आइपुगेको छ। ७ दिनसम्म स्वयं प्रधानमन्त्री तथा नेपाली कांग्रेशका सभापती शेरबहादुर देउवा बसेर जिल्लाको निर्वाचन निरीक्षण र परिचालन गर्दा पनि पराजय भोगे पछी बहस सृजना भएको हो ।

अहिले डडेल्धुरा जिल्लामा नेपाली कांग्रेस को पराजयका कारणहरूको बारेमा खुल्ला रुपमा चर्चा हुने थालेको  छ । हारको मुख्य कारण आरजु देउवाको गतिविधि र टिकट वितरणमा भएको हस्तक्षेप रहेको एक कांग्रेश कार्यकर्ताले बताए ।

डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसको संस्थापन पक्ष आरजु देउवा र विद्रोही पक्ष शेर बहादुर देउवा भएको भनि कटाक्ष चल्ने गरेको छ । आरजु देउवाले आफु सहभागी कार्यक्रमहरुमा सम्बोधनगर्दा भावी सभापती र प्रधानमन्त्री  भनि बोलाउन लगाएको भनि स्वयं कांग्रेशका  कार्यकर्ताहरुले व्यग्य गर्न थालेका छन ।

अहिलेसम्म कुनै पनि निर्वाचन नहारेको जिल्लामा पराजय भोग्नु पर्दा यसले धेरै प्रश्न जन्माएको र यसको समाधान नखोजे अन्य निर्वाचनमा झन् नराम्रो परिणाम भोग्नु पर्ने भन्दै त्यहाँका कार्यकर्ताले देउवालाई सचेत गराएका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।