बुढानिलकण्ठ नगरपालिकाको प्रस्तावित बजेटमा मेरो समर्थन छैन तर विरोध पनि गर्दिन :रविन अधिकारी

बुढानिलकण्ठ नगरपालिकाको प्रस्तावित बजेटमा मेरो समर्थन छैन तर विरोध पनि  गर्दिन :रविन अधिकारी

कपन अनलाइन 

काठमाडौँ ,असार २९।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले आफ्नो बजेट प्रस्ताव गरेपछि यसको वारेमा कृया प्रतिकृया आउन सुरु गरेको छ । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष रविन अधिकारीले यो प्रस्तावित बजेटमा आफ्नो समर्थन नरहने तर विरोध पनी नगर्ने बताएका छन ।

कपन अनलाइन संगको संक्षिप्त कुराकानीमा अधिकारीले निर्वाचन बाट बिजयी भएर आएका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्नु पर्ने र त्यसको लागी आफुले सधै निगरानी र खवरदारी गर्ने बताए । मुस्कान सहितको सेवा प्रदान गर्ने घोसणा गरेका जनप्रतिनिधिले सेवा सुविधा कटौती गरेर कर्मचारीको मुस्कान छिनेको उनले बताए ।

आफुले प्राप्त गरेको करिव ३८०० भोटले सधै जनताको पक्षमा काम गर्ने र गलत कामको विरोध गर्न प्रेरित गर्ने र नगरवासीको अहितमा कुनै काम भए त्यसको विरोध सार्वजनिक रुपमा गर्ने उनले कपन अनलाइनलाई बताए ।

सांगठानिक रुपमा कमजोर रहेको  नेकपा माओवादी केन्द्र बुढानिलकण्ठलाई नगरपालिकाको प्रभावशाली राजनीतिक दलको रुपमा स्थापित गराएका अधिकारीले माओवादी केन्द्रका लोकप्रिय नेताको रुपमा आफुलाई स्थापित गरेका छन ।

तपाइँको प्रतिक्रिया ।