बुढानीलकण्ठ नगरपालिकाको द्वारा आर्थिक वर्ष २०७४/२०७५का लागी अनुमानित ७१ करोड बजेट प्रस्तावित

कपन अनलाइन 

काठमाडौँ असार २९  ।

बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७४/२०७५ को लागी अनुमानित ७० करोड ९७ लाख ८६ हजार ६ सय ९० रुपैया को बजेट प्रस्ताव गरेको छ ।

क्षेत्र नं ४ का सांसद डा.राजन भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भेलामा यो बजेट प्रस्तावित गरिएको थियो । बुनपा ५ को बुढानिलकण्ठ मावीको सभाहलमा भएको कार्यक्रमको सभाध्यक्षता उप-प्रमुख रमा राईले गरेकी थिइन् भने संचालन कार्यकारी अधिकृत विश्व राज मरासिनीको गरेका थिए।

प्रस्तावित बजेटमा आय तर्फ नेपाल  सरकारको समानीकरण अनुदान मार्फत २९ करोड ४८ लाख ६५ हजार र शिक्षा तथा स्वास्थ्यको विषयगत कार्यालय तर्फ ससर्त अनुदान अन्तर्गत १० करोड ५८ लाख २० हजार गरी जम्मा ४० करोड ६ लाख ८५ हजार प्राप्त गरेको छ भने सामाजिक सुरक्षा भत्ता वापत ६ करोड तथा आन्तरिक राजस्व १६ करोड रहेको छ । यसमा जनसहभागिताको १ करोड ५० लाख र अघिल्लो आवको खर्च हुन् नसकेका योजनाको बजेट रहेका छन ।

आर्थिक वर्ष २०७४/२०७५ मा प्रथ्यमिकतामा परेका मुख्य योजना तथा कार्यक्रमहरु

  • खानेपानी पूर्वाधार निर्माण र वितरण – १ करोड ५० लाख
  • सार्वजनिक जग्गा संरक्षण ,पार्क निर्माण आदि -१ करोड
  • सैक्षिक सुधार र पूर्वाधार विकास – १ करोड २५ लाख
  • विभिन्न वडाहरुमा विकास निर्माण -६५ लाख
  • फोहोर मैला व्यवस्थापन – १ करोड
  • नगरपालिका भवन – ५ करोड
  • नगरपालिका का २ वटा वडा कार्यालय निर्माण – ७५ लाख
  • वाल मैत्री बुढानिलकण्ठ निर्माण – ५० लाख
  • साझेदारी कोष -३ करोड
  • एकिकृत नगर विकास योजना – २० लाख
  • सौर्य बत्ति जडान -५० लाख
  • सवारी साधन खरिद -६० लाख
  • अनौपचारिक शिक्षा विद्यालय निर्माण -१ करोड
  • पर्यटन पूर्वाधार निर्माण र प्रवर्धन -५० लाख
  • कपन आनी गुम्बा ढल सुधार -५० लाख
  • युवा र विद्यार्थी -२० लाख

माथिको रकम बिनियोजन प्रस्ताव संगै अन्य आवस्यक क्षेत्र र योजना हेरेर नगरपालिकाले बजेट व्यवस्था गर्ने नगर प्रमुख उद्दव खरेलले कार्यक्रममा बताए।प्रस्तावित योजना तथा कार्यक्रमलाई चरणवद्ध छलफल पश्चात पारित गरी लागु गरिने छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।