बुढानिलकण्ठमा साढे ५ करोडको खानेपानी आयोजना बन्दै

बुढानिलकण्ठमा साढे ५ करोडको खानेपानी आयोजना बन्दै

कपन अनलाइन

काठमाडौ,असार २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ र ८ का करिब १७ सय घर धुरी लाभान्वित हुने गरी खानेपानीको योजना निर्माण भइरहेको छ । धोवीढुंगा तल्लो भंगाल खानेपानी उपभोक्ता समितिले निर्माण गरिरहेको यस खानेपानी आयोजनाको लागत करिब साढे ५ करोड रहेको छ  ।

अहिले मुहान रहेको स्थान धोवीढुंगामा २ लाख २५ हजार लिटरको खानेपानी ट्यांकी तयार भै सकेको छ  भने २ लाख १५ हजार लिटरको ट्यांकी बन्ने क्रममा रहेको छ  । तर इन्टेक र फिल्टर भने बन्न वाकी रहेको छ । अहिले करिव १ करोड बराबरको पाइप झारी सकिएको छ जसलाई नेपाल सरकार खानेपानी विभागले उपलब्ध गराएको छ  ।

यस आयोजनाको कार्यालय भवन निर्माणको लागी करिब १० लाख बराबरको सहयोगको आश्वासन बुढानिलकण्ठ नगरपालिकाबाट पाएको समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले कपन अनलाइनलाई बताए  । अव उपभोक्ताहरूको भेला बोलाएर विस्तृत कार्यक्रम तयार पार्ने योजनामा रहेको र यसको काम यो आर्थिक वर्ष सकिएपछि सुरु हुने उनले बताए  ।

यो खानेपानी आयोजना सम्पन्न भएपछि बुढानिलकण्ठ नगरपालिका वडा नं २ र ८ को खानेपानी समस्या समाधानमा ठुलो सहयोग पुग्ने देखिन्छ  ।

तपाइँको प्रतिक्रिया ।