धान दिवस मनाइयो

कपन अनलाइन 

सप्तरी, १५ असार । ‘दुई बालि धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित आज यहाँ धान दिवस मनाइएको छ । जिल्ला कृषि बिकास कार्यालयले आयोजना गरेको सो दिवसमा बिभिन्न संघसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा जिल्ला कृषि बिकासका प्रमुख भगिरथ यादव, कोशी बाढी पिडित समाजका अध्यक्ष देवनारायण यादवलगायतले धान खेतीको बिकास र बिस्तारका विविध विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

जिल्लामा बार्षिक ७० हजार हेक्टर जमिनमा धान खेति हुदै आएको छ । बिभिन्न नहर ,कुलो पैनी एवम स्यालो ट्युवेलबाट ४५ प्रतिशत धान खेतीमा सिँचाई हुदै आएको छ । बाँकी ५५ प्रतिशत आकासेको पानीको भरमा धान खेती हुने गरेको सो कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।