विश्वका ७ सेक्सी शाकाहारीहरु
काठमाडौं , माघ ५– मासु भनेपछि हामी मध्ये धेरै हुरुक्कै हुन्छौं । मासुमा प्रोटिनजस्ता अत्यावश्यक तत्व हुने भएकाले पनि चुस्त र तन्दरुस्त रहन हाम्रो आहारामा मासु हुनपर्छ भनेर धेरैले सुझाउने गर्छन् । तर, हामीबीच धेरैजना मासु नखाने शाकाहारीहरु पनि रहेका छन् जो मासुनै नखाई पनि आफुलाई चुस्त र तन्द रुस्त राख्न सफल भएका छन् । आउनुहोस् हेरौं विश्वका केही सेक्सी शाकाहारीहरु:
१. शाहिद कपुर:
जनवारहरुको हकहितका लागि काम गर्ने संस्था पेटाले शाहिदलाई सन् २०११ को सबैभन्दा सेक्सी शाकाहारी एसियाली पुरुषको उपाधि दिएको थियो । उनले सन् २००९ मा भारतको सबैभन्दा सेक्सी शाकाहारी पुरुषको उपाधि जितेका थिए । उनले पेटाका लागि विज्ञापनमा पनि काम गरेका छन् ।
२. नटाली पोर्टम्यानः
यी सुन्दर नायिका आफ्नो बाल्यकालदेखि नै शाकाहारी थिइन् । आफू गर्भवति हुँदा भने केही समयका लागि उनले मासु खाए पनि अहिले फेरि शाकाहारी नै छिन् ।
३. ब्राड पिटः
हलिवुडका यी अर्का सेक्सी नायक पनि लामो समयदेखि शाकाहारी छन् ।
४. कंगना रानावतः
यो समूहमा उनी समावेश भएको धेरै भएको छैन । केही समयअघिसम्म कट्टर मांशाहारी उनी अहिले भने शाकाहारी भएकी छिन् ।
५. पामेला एन्डरसनः
पामेला पेटाकी एक सक्रिय सदस्य हुन् । उनी आफ्नो युवा अवस्थादेखि शाकाहारी भएकी हुन् । उनले आफ्नो बाबुले शिकार गरेको जनवारलाई काटेर सफा गर्दै गरेको देखेपछि शाकाहारी भएकी हुन् ।
६. आयशा टाकियाः
बलिवुडकी यि सुन्दरी आफ्नो विवाह हुनुभन्दा ५ वर्षअघि शाकाहारी भएकी हुन् ।
७. जोन एब्राहमः
बलिवुडका हंक भनेर चिनिने जोन एब्राहम पनि शाकाहरी हुन् । उनी पनि पेटासँग आबद्ध छन् ।





