रुसमा उल्का पिण्ड उडेपछि तहल्का (फोटो फिचर र भिडियोसहित)

मस्को, फागुन ५ – अन्तरिक्षबाट आएको उल्का पिण्ड तपाईंको टाउको माथिबाट उड्दै आएर छेउमै खस्यो भने कस्तो हुन्छ होला ? यस्तो कुराहरु हाम्रो मनमा कतिपय बेला खेल्ने गरेको हुन्छ । तर यही कुरा रुसमा भने सत्य भएको छ । त्यहाँ दिन दाहाडै अन्तरिक्षबाट आएको उल्का पिण्डको टुक्रा खसेर तहल्का मच्चाएको छ ।

met-1रुसको यूराल पहाडमा उल्का पिण्डको टुक्रा खसेपछि भएको क्षेति र अस्तव्यस्ता व्यवस्थापनका लागि २० हजार जनाको बलियो टिम खटाईएको छ । उल्का पिण्डको धक्काले भत्काएका संरचनाको व्यवस्थापनको लागि बलियो टिम खटाइएको रुसका आपत्कालीन मन्त्रीले बताएका छन् ।

हिजो केन्द्रीय शहर यूरालको आकासमा उल्का पिण्ड झरेको थियो । उल्का पिण्ड खस्दा १२ सय जना घाइते भएका छन् । जसमध्ये २ सय जना भन्दा बढी बालबालिका घाइते भएका छन् । करिब ८० जनालाइ अस्पतालमा भर्ना गरिएको बिबिसीले जनाएको छ ।

पिण्ड खसेपछिको हलचलबाट त्यहाँका कयौं घरहरुका सिसा पनि फुटेको रुसको आन्तरिक मन्त्रालयले जनाएको छ । केन्द्रीय शहर यूरालको आकासमा उल्का पिण्ड झर्दै गर्दा कालो आकास देखिएको थियो ।

पिण्ड झर्दै गर्दा त्यहाँ कयौं पटक धक्का महशुस गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पिण्डको धक्काबाट त्यहाँ अन्य शहरहरुमा पनि क्षति पुगेको रुसको आन्तरिक मन्त्रालयले जनाएको छ ।

भिडियो  हेर्नुस 

 

तपाइँको प्रतिक्रिया ।