अलङ्कार तथा पदक प्रदान

अलङ्कार तथा पदक प्रदान

कपन अनलाइन 

काठमाडौँ, ७ असार । भूकम्पपछि उद्धारका सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत ह अमेरिकी सैनिकलाई ‘वीरता पदक’ प्रदान गरिएको छ ।

उहाँहरुको अतुलनीय योगदानको कदरस्वरुप नेपाल सरकारबाट प्रदान भएको उक्त पदक प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा काठमाडाँैस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगरी डी पिप्सलाई प्रदान गर्नुभयो ।

उक्त दुर्घटनामा अमेरिकी सेनाका चालक क्रिस्टोफर एल नोग्र्रेन, क्याप्टेन दुस्टिन लुकासिन्जेज, वार्ड जोन्सन, इरिक सेइम्यान, सारा मेडिना, सेयान माइकल बार्टाेन र नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तिताराले वीरगति प्राप्त गर्नुभएको थियो ।

समारोहमा प्रशंसनीय कार्य गरी राष्ट्रलाई गर्नुभएको योगदानको कदरस्वरुप गत २०७३ सरकारद्वारा नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्य दर्जा तथा कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त सकल दर्जालाई प्रदान भएको विभूषण, अलङ्कार तथा पदक प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।