भुटानका राजाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने
भुटानी सरणार्थी समस्या समाधानको बाटोमा
कपन अनलाइनभुटानका नरेश जिग्मे खेसार नाम्ग्यालले विगत १९ बर्षदेखि नेपालमा शरणार्थी जीवन विताइरहेका आफ्ना नागरिक फिर्ता लग्न सहमती जनाएका छन् । यो प्रकृया अप्रिल महिनाको पहिलो साताबाटै शुरु हुने उनले आश्वासन दिएका छन् ।
भारतका विदेश मन्त्रीसँगको टेलिफोन वार्तामा भुटानी राजाले आफ्ना नागरिक फर्काउन सहयोग गर्नका लागि आग्रह गरेका हुन् । भारतीय समाचार संस्था (पीटीआई)ले विदेश मन्त्री मुखर्जीलाई उदृत गर्दै सहयोगको लागि भारत तयार रहेको जनाएको छ । यो प्रकृया शुरु भएपछि पहिलो चरणमा २० हजार भुटानी शरणार्थी स्वदेश र्फकनेछन् ।शरणार्थी स्वदेश फिर्ती प्रकृया शुरु भएको केही दिनभित्रै शरणार्थीको तेश्रो मुलुक पुनर्वासमा संलग्न अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) फिर्ता जाने भएको छ । भुटान सरकारले सम्पूर्ण भुटानी शरणार्थीलाई विनार्सत स्वदेश फिर्ता लिने भएपछि आइओएमले अव नेपालमा आफ्नो औचित्य नभएको भन्दै फिर्ता जाने जानकारी दिएको छ ।