कपन संगीत सरोवरको ७५ औँ कार्यक्रममा डा. ध्रुबेशको सितार वादन
कपन अनलाइनकपन
मा शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम गर्दै आइरहेको कपन संगीत सरोवरले आफ्नो ७५ औँ कार्यक्रममा डा. ध्रुबेश चन्द्र रेग्मीको सितारवादनको प्रस्तुति राख्ने जानकारी दिएको छ । संस्थाका संगीत संयोजक विनय वर्माका अनुसार वरिष्ठ सितारवादक डा. ध्रुबेशले करिब १ घण्टाको प्रस्तुति दिनेछन् ।
सितारवादनको साथमा युवा गायक राज सिग्देलको भक्तिसंगीतको कार्यक्रम रहने संयोजक वर्माले कपन अनलाइनलाई बताए । कपनस्थित बगलामुखी मन्दिरको परिसरमा माग २७ गते सनिवार आयोजना गरिने यो कार्यक्रम दिउँसो ४ बजेदेखि संचालन हुनेछ ।
तपाइँको प्रतिक्रिया ।
