शिक्षक/शिक्षिका सावधानः रातो मसीले कपी चेक गर्नाले विद्यार्थीहरु दुखी

लन्डन (एजेन्सी)– शिक्षक–शिक्षिका कृपया याद राख्नुहोस् । विद्यार्थीहरुको क्षमता निर्धारण गर्दा प्रयोग गरिने रातो मसीले उनीहरुलाई दुखी बनाउने एक नयाँ अध्ययनले पत्ता लागेको छ । युनिभर्सिटी अफ कोलोराडोका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार उनीहरुको कामलाई रातो मसीद्वारा परिक्षण गर्नाले विद्यार्थीहरुमा शिक्षकद्वारा नराम्रो व्यवहार गरिरहेको भन्ने छाप पर्ने बताइएको छ ।

redरातो मसीले उनीहरुको क्षमता निर्धारण गर्नाले विद्यार्थीहरु दुखी हुन्छन् । फलस्वरुप शिक्षक– विद्यार्थीको क्षमता चिसिने भएकाले विद्यार्थीहरुले पढाएको राम्रोसँग नबुझ्न सक्छन्,’ मानवशास्त्री रिचार्ड ड्युक र हिथर अल्बानेसीले जानकारी दिए ।

अनुसन्धानकर्ताहरुका अनुसार रातो मसीले ‘सावधानी, निषेध, रिस, लाज, गलत’ जनाउने गर्दछ, ‘डेल्ली मेलले’ बतायो ।

१९९ विद्यार्थीले लेखेका निबन्धलाई अंक दिने क्रममा रातो, हरियो र निलो मसी प्रयोग गरियो र उक्त अनुसन्धानमा रातो मसीले चेक गरिएको निबन्धमा विद्यार्थीहरुको अनुभव नराम्रो रह्यो यद्यपी अरु निबन्धमा हरियो र निलो रङ्ले त्यहि टिप्पणी र समान अंक दिए पनि ।

तपाइँको प्रतिक्रिया ।