पाँच के. जी. माशुका लागि प्रहरी माथि छुरा प्रहार
पुन्य राज पुडासैनी / पौष ७ कपन काठमाडौं
आज बिहान करिब ५ बजे काजी कामपा ४ सुकेधारा स्थित (ढलाने पुल) भलिबल खेल मैदानमा दुई व्यक्तिले सशस्त्र प्रहरीका परिचर बर्ष २६ का विष्णु मगर लाइ छुरा प्रहर गरेका छन् ! घाइते मगर सशस्त्र प्रहरी बल केंद्रिय कार्यालय हलचोकमा कार्यरत थिए ! निजबाट लुटेरा हरुले ५ केजी कुखुराको मासु र नगद रु २००० लुटेरा भागेका थिए, घटना स्थल मा महानगरीय प्रहरी वृत महाराजगंज र कपन प्रहरी प्रभाग बाट प्रहरी पुगी अनुसन्धान पश्च्चात महाँकाल गाविस वडा नम्बर ९ सुकुमबासी बस्ती को एक घरबाट ५ केजी कुखुराको मासु र छुरा सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको र एकजना फरार रहेको जानकारी कपन प्रहरी प्रभागका निरीक्षक नवराज ढुंगानाले कपन अनलाइन लाइ दिए !
घाइते प्रहरी को उपचार शिक्षण अस्पतालमा भइरहेको र निजको अवस्था सामान्य रहेको अस्पताल स्रोतले कपन अनलाइन लाइ बतायो !
कपनमा यसभन्दा पहिला पनि यस्तै प्रकृतिको घटनामा एक निर्दोषले ज्यान गुमाइ सकेका छन् !
प्रहरी हरुनै असुरक्षित रहेको कपन क्षेत्रमा जनता हरू ले के सुरक्षित महसुस गर्ने हो यो प्रश्न प्रहरी माथि उठन थालेको छ !