विजयी खोज्दै बौद्धिक छविकी रमा राई

कपन अनलाइन, काठमाडौँ । नेकपा एमालेले रमा राईलाई वुनपामा बौद्धिक तथा समर्पित व्यक्तिको छविमा वुनपाको उपमेयर पदको उम्मेदवार बनाएको छ । वुनपा मेयर पदका लागि कथित लफडामा फसेको नेकपा एमालेले रमा राईको रुपमा सहज, सरल र उत्कृष्ट उम्मेदवार बनाएको छ । शैक्षिक क्षेत्रमा २ दशकभन्दा धेरै समय बिताएकी रमा राई वुनपाको कपन क्षेत्रबाट प्रतिनिधित्व गर्ने अत्यन्त बौद्धिक व्यक्ति हुन् ।

 
उपमेयर पदका एमालेले दिएको यो उम्मेदवारीलाई वुनपाभित्र प्रशंसा भैरहेको छ । मेयर पदका लागिसमेत उत्कृष्ट विकल्पको रुपमा राख्न सकिने व्यक्तित्वकी धनी रमा राई अगुवा महिला अधिकारीवादी अभियान्ता पनि हुन् । आदर्श जीवन, विकासवादी सोच र सरल मिजासका कारण पनि रमा राईलाई वुनपामा उपमेयरका लागि सर्वाेत्कृष्ट विकल्प मानिन थालिएको छ । एमालले आयोजना गरिएको घरदैलो तथा कोणसभामा सहभागि भैरहकी राइलाई धेरैले चुनावको एकसाता अगाडि नै सम्भावित उपमेयरको रुपमा हेर्न थालेका छन् ।

 
नेपाली कांग्रेसले वुनपाको धेरै मतदाता भएको इलाकाबाट उम्मेदवार दिन नसक्नु र माओवादी केन्द्रको सांगठनिक अवस्था कमजोर हुनेले पनि एमाले उम्मेदवार रमा राईलाई प्रभावकारी बनाएको छ । वुनपा मेयर पदमा चारैतिर राजु श्रेष्ठको सम्भावना भएको चर्चा चलिरहेको बेला रमा राईलाई उपमेयरको रुपमा पनि सोही रुपमा चर्चा चलिरहेको छ । राई भन्छिन्, “एमालेको योद्धा हुँ, सूर्य चिन्हको विजयको लागि अग्रसर छु । वुनपामा एमालेले लाल झण्डा फहराउने छ ।”

तपाइँको प्रतिक्रिया ।