वुनपा मेयरमा राजु श्रेष्ठको विजयी माहौल, विकासका खाकासहित घरदैलोमा
फोटो:रमेश भुषाल
कपन अनलाइन, काठमाडौँ । स्थानीय तह निर्वाचनको घोषणसँगै राजु श्रेष्ठलाई वुनपा मेयर पदमा उठेको खण्डमा सम्भावित विजेताको रुपमा हेरिएको थियो । विपक्षीहरु पनि राजु श्रेष्ठ मेयर पदमा उठे आफू कमजोर हुने मानसिक दवावमा थिए । नेपाली कांग्रेसले पूर्व अनुमानजस्तै राजु श्रेष्ठलाई नै मेयर पदको टिकट दिएपछि वुनपामा नेपाली कांग्रेस एक भएर चुनाव प्रचारप्रसारमा व्यस्त भएको छ ।
विकासवादी चरित्रका कारण वुनपा तथा क्षेत्र नं. ४ मा चर्चामा रहेका राजु श्रेष्ठ आफ्नै निजी लगानीमा पनि विकास गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । नेपाली कांग्रेसभित्र उपल्लो तहमा पहिचानका कारण पनि बेलाबेला चर्चामा रहने श्रेष्ठ युवाहरुको प्रतिनिधित्व मात्र हैन वुनपाको विकासको खाकाको दृष्टिमा पनि अन्य उम्मेदवारमा भन्दा अग्रपंक्तिमा छन् । फोहररहित वुनपा तथा घरघरमा खानेपानीको व्यवस्थासहित वातावरणका खास योजनासहित वुनपा चुनावमा होमिएका राजु श्रेष्ठले घरदैलोमा आफ्ना विकासवादी सोचलाई पस्किरहेका छन् ।
राजु श्रेष्ठले वुनपालाई बनाएको प्रतिबद्धतामा देखिएको वस्तुगत र व्यवहारिक पक्षका कारण पनि जनमत राजु श्रेष्ठतिर देखिएको हो । श्रेष्ठले दैनिकरुपमा गर्ने घरदैलोमा कार्यकर्ता र सर्वसाधरणको उपस्थिति अन्य पार्टी वा उम्मेदवारको तुलनमा उल्लेखनीय हुने गरेको छ ।
यसैबीच वुनपाको सबैभन्दा ठूलो १० नम्बर वडामा आज मेयर पदका उम्मेदवार राजु श्रेष्ठसहितका उम्मेदवारले वृहत घरदैलो कार्यक्रम आयोजना गरेका छन् । करिब १००० कार्यकर्ता तथा समर्थकसहितको घरदैलो कार्यक्रमले झनै उत्साह तथा विजयको बाटो सहज बनाएको अनुभूति भएको नेपाली कांग्रेस क्षेत्रीय प्रचारप्रचारप्रसार समिति संयोजक कर्माछिरिङ शेर्पाले कपन अनलाइनलाई बताए ।
शेर्पाले कपन अनलाइनसँग कुरा गर्दै माहौल जितिसकेको अब चुनाव जित्न ३१ गते कुरीरहेको बताए । वुनपा मेयर पदका लागि नेकाका तर्फबाट उम्मेदवार भएका राजु श्रेष्ठले एमालेका उद्धव खरेल, माओवादी केन्द्रका रविन अधिकारी र राप्रपाका सानुकान्छा श्रेष्ठबीच प्रतिष्पर्धा गदैछन् ।