बुनपाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसबाट विनोद चालिसे सम्भावना खोज्दै
कपन अनलाइन, काठमाडौँ । नेका क्षेत्र नं. ४ का सचिव विनोद चालिसेले बुढानिलकण्ठ नगरपालिकामा मेयर उम्मेदवार बन्नका लागि आफू तयार भएको बताएका छन् । राजनीतिक रुपमा क्षेत्र नं. ४ मा गगन थापा निकट मानिने चालिसे बुनपा नेकाभित्र पढे लेखेका व्यक्तिमध्ये पर्दछन् । एक विषय स्नोतकोत्तर, २ विषयमा स्नातक तथा एक अर्को विषयमा स्नातकोत्तर गरिरहेको चालिसे हाल नेकाबाट बुनपा मेयरमा उम्मेदवारीको दावी गरिरहेका यावत् नेका नेताहरुमध्ये शिक्षित र युवा हुन् । नेकाको १३ औँ महाधिवेशनमा भारी मतका साथ क्षेत्रीय सचिवमा निर्वाचित भएका विनोद चालिसे यसअघि कपन नेकाका सभापति थिए ।
नेबिसंघबाट राजनीतिमा आएका चालिसे सबैलाई मिलाएर जानसक्ने नेताको रुपमा चिनिन्छन् । संगठनमा लामो अनुभव भएका चालिसेले आफू मेयर पदका लागि उपयुक्त व्यक्ति भएको बताउँछन् । युवा नेता गगन थापाको क्षेत्रभित्र पर्ने बुनपामा आफू योग्य युवा उम्मेदवार भएको मान्नेहरु धेरै छन् । युवाहरुलाई अगाडि बढाउनु पर्ने अबधारणा राख्ने सांसदको क्षेत्रबाट चालिसेको यो दावीलाई धेरैले महत्वपूर्ण मानेका छन् ।
कपन अनलाइनसँग कुरा गर्दै उनले क्षेत्रीय सभापति राजु श्रेष्ठले मेयरमा सम्भावना खाजे भने आफु सहमति गर्न सक्ने बताए । उनी भन्छन्, “क्षेत्रीय सभापतिको हकमा म लचिलो हुन सक्छु तर अरुको सबालमा मेरो अन्तिमअबस्थामासम्म दावी रहने छ ।” विद्वता र सांगठनिक उचाई तथा अनुभवले चालिसेको यो दावीलाई महत्वपूर्ण मानिएको छ । कपनका नेता भएकाले उनले टिकट पाए भने अन्य नेताको तुलनामा जीतको सम्भावना पनि बढ्ने बताइन्छ भने चालिसेकै सबालमा क्षेत्रीय सभापति राजु श्रेष्ठ पनि सकारात्मक हुनसक्ने भन्नेहरु पनि देखिन्छन् ।
बुनपाको मेयरमा नेका क्षेत्र नं. ४ सभापति राजु श्रेष्ठ नै उठ्नु पर्ने कोणबाट चारैतिर कुरा उठिरहेको छ तर श्रेष्ठ स्वयम्चाहिँ गोकर्ण केसी मेयर हुनुपर्छ भनेर हिँडेको हल्लाबीच क्षेत्रीय सचिवको यो दावीले नेकाभित्र बुनपा मेयरको टिकट सोचेभन्दा भिन्न हुनसक्ने अबस्था देखिएको छ । विनोद चालिसे सांसद गगन थापाको निकट हुनुले पार्टीले बनाएको नयाँ मापदण्डमा क्षेत्र नं. ४ र काठमाडौँ जिल्ला निकाभित्र गगन थापा दरो हुनुले विनोद चालिसेको सम्भावना हुने बताउन थालिएको छ । यद्यपि विनोद आफैचाहिँ क्षेत्रीय सभापति स्वयम्का लागि भने आफू खुल्ला रहेको बताउँछन् ।
बुनपमा विनोद चालिसेको मजबुत दावीसँगै गोकर्ण केसीको संभावना अझै कमजोर हुन जाने आंकलन गरिएको छ । चालिसेको दावीसँगै सम्भवतः न्हुच्छेनारायण श्रेष्ठको दावी पनि सकिएको छ । सांसद गगन थापाले यदि चालिसेको नामलाई अगाडि बढाए भने राजु श्रेष्ठले मेयर बन्न अनिच्छुक भएको खण्डमा टिकट पाउने बलियो अबस्था सिर्जन सक्ने देखिन्छ ।