भोलिबाट बुनपा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदै
कपन अनलाइन, काठमाडौँ । स्वस्थ्य समाज प्रबद्र्धन कार्यक्रम अन्तर्गत भोलि चैत २५ गते बुढानिलकण्ठ नगरपालिका खुल्ला दिशामुक्त घोषणा हुने भएको छ । बुढानिलकण्ठ नगरपालिकाले एक सार्वजनिक कार्यक्रम आयोजना गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागेको हो ।
बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले सरोकारवाला सबैलाई जारी गरेको पत्र अनुसार चैत्र २५ गते बिहान गोल्फुटार बास्केटबल कोर्टमा बिहान ११ बजे नगरपालिकालाई बिधिवत खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ । ओडिएफको यस कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव प्रमुख अतिथि हुनेछन् भने नगरवासी सबैलाई निम्तो गरिएको कार्यकारी अधिकृत विश्वराज राज मरासैनीले बताए ।
तपाइँको प्रतिक्रिया ।