एमाले बुनपा १० अध्यक्ष भट्टराइले स्थानीय चुनाव केन्द्रित भेला आयोजना गरे

कपन अनलाइन, काठमाडौँ । बुनपाभित्र एमाले स्थानीय निकाय निर्वाचन केन्द्रित भेला तथा अन्य भेटघाट कार्यक्रम आयोजना गरिरहेको छ । बुनपाको सबैभन्दा ठूलो वडा नं. १० का एमाले अध्यक्ष नवराज भट्टराईले आज एक अन्तक्र्रिया कार्यक्रम आयोजना गरे । स्थानीय निकाय चुनाव केन्द्रित भेलामा वडा नं. १० अगुवा कार्यकर्ता सहभागि भएका थिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय चुनावको महत्व र यसको उपयोगका बारेमा प्रमुख अतिथिले प्रकाश पारेका थिए । स्थानीय सरकारको रुपमा काम गर्ने निकायमा उम्मेदवारको क्षमता र लोकप्रियता दुवैलाई विशेष ध्यान दिएर एमालेको पक्षमा जनाधार विकास गर्न पहल गर्न सबैले अहम् भूमिका निर्वाह गर्नु पर्ने बताउँदै प्रमुख अतिथि भट्टराईले एमालेको विजय सुनिश्चि भएको बताए ।

हेर्नुहोस भिडियो
<

कार्यक्रममा क्षेत्र नं. ४ अध्यक्ष कुसुमकुमार कार्की, बुनपा एमाले संयोजक दीपक निरौला, प्रदेश कमिटि सदस्य उद्धब खरेललगायतले सम्बोधन गरे । एमालेले चुनाव केन्द्रित गतिबिधिमा सबैले समर्पित हुनु पर्ने बताउँदै पार्टीले सही व्यक्तिलाई उम्मेदवार तोक्ने र तोकिएको व्यक्तिलाई सबैले जिताउन भूमिका खेल्नु पर्ने बताएका थिए । करिब १०० जना सहभागि भएको कार्यक्रमको अध्यक्षता गरेका नवराज भट्टराईले वडा नं. १० एमाले बलियो भएको बताउँदै सबैले गतिलो मानिसलाई टिकट दिलाउन पहल गर्ने र टिकट पाएको व्यक्तिलाई जिताउन आव्हान गरेका थिए । यस वडामा अध्यक्ष नवराज भट्टराईसहित ५ जना वडाध्यक्ष टिकटका लागि अान्तरिक प्रतिष्पर्धामा रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।