स्थानीय निकायका कार्यालयमा तालाबन्दी
कपन अनलाइन
लहान, ४ चैत । स्थानीय तहको नयाँ संरचनाप्रति विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सिरहाको तीनवटा स्थानीय निकायका कार्यालयमा तालाबन्दी गरेका छन् ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा कुनै किसिमको सहयोग नगर्ने रणनीतिस्वरुप आज लहान नगरपालिका, गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको मोर्चाका नेता तथा नेपाल सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी मोर्चाका कार्यकर्ताले लक्ष्मीपुर पतारी गाउँपालिका लेखिएको बोर्डसमेत तोडफोड गरेका छन्
ट््याक्टरबाट लडेर चालककको मृत्यु
त्यसैगरी सिराहको भेडिया– १ स्थित सडक खण्डमा ट््याक्टरबाट लडेर गएराति चालकको मृत्यु भएको छ ।
भडवा खोलाबाट बालुवा बोकेर भेडियातर्फ गइरहेको स १ त ३२०१ नम्बरको ट््याक्टरको ब्रेक लगाउने क्रममा अचानक ट््याक्टरबाट लडेर स्थानीय रुपेश यादवको मृत्यु भएको प्रहरी चौकी भेडियाले जनाएको छ ।
ट््याक्टरबाट लडेर गम्भीर घाइते यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस