बुनपा ६ को वडाध्यक्षमा राजु भण्डारी दावी

कपन अनलाइन, काठमाडौँ । बुनपामा चुनावको माहौल तात्दै छ । बुनपा ६(पहिला ७ नं वडा) को वडाध्यक्षमा नेका युवा नेता राजु भण्डारीले आफ्नो सशक्त दावी रहने बताएका छन् ।
सामाजिक क्षेत्रमा अगुवा कार्यकर्ता भएर हिँडेका राजु भण्डारी नेका राजनीतिमा पनि आफ्नो वडामा परिचित व्यक्ति हुन् । तत्कालिन खड्का भद्रकाली गाविसमा रहेका धेरै अरु नेताहरुको तुलनामा विकास निर्माणमा पनि प्रभावकारी भूमिकामा आफूलाई प्रस्तुत गरिरहेका भण्डारी मिलनसार र जुझारु युवाका रुपमा चिनिन्छन् ।
अबको विकासको राजनीतिमा युवाहरुको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्दै राजु भन्छन्, “राजनीतिमा आफ्नो दावेदारी प्रस्तुत गर्न पनि जान्नु पर्छ र आफ्नो भाग आफैले खोज्ने पनि हो ।: भण्डारी थप्छन्, “मेरो उम्मेदवारी विकासका लागि हो ।”

तपाइँको प्रतिक्रिया ।