दलित राष्ट्रसेवक कर्मचारी सम्मानित

कपन अनलाइन 

भोजपुर, ११ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले दलित राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ ।

मुक्ति समाज भोजपुरको छैटौँ जिल्ला सम्मेलनको अवसरमा मङ्गलबार भोजपुर सदरमुकाममा तीनजना दलित राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार, डाक्टर रत्नवीर विक र स्टाफ नर्स आकृति गधाइलीलाई पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

राज्यको नीति निर्माण तहमा दलित समुदायको पहुँच कम रहेका बेला दलित राष्ट्रसेवक कर्मचारी सम्मानित हुनु गर्वको विषय रहेको उहाँले टिप्पणी गर्नुभयो ।

यसैबीच, मुक्ति समाजले यसअघि पहिलो दलित स्थानीय विकास अधिकारीको रुपमा सीता परियारलाई सम्मान गरिसकेको छ । रासस

तपाइँको प्रतिक्रिया ।