चाडपर्वलाई धार्मिक रङ्ग नदिउँ, आपसि सद्भाव बढाऔँ !

हाम्रा पर्व, संस्कार अनि संस्कृति लामो इतिहाससंग जोडिएका छन् । यी रातारात आएका संस्कृति होइनन् । शताब्दी लामो अभ्यासबाट परिस्कृत हुदै आएकोले यी चाडपर्व हाम्रा सभ्यताका पाटा हुन् । उदाहरणका लागि दशैंलाई लिगौँ । दशैं पर्वलाई धार्मिक हिसाबले मात्र हेरिनु हुन्न । दशैंसंग धार्मिक र सांस्कृति दुवै कुरा जोडिएको छ । दशैंले हामीलाई एक आपसमा भेटघाट गर्ने अवसर जुटाउँछ । भेटघाट गर्न जुन सुकै जात, धर्म र समुदायका मानिसका लागि कुनै रोक तोक छैन । आफू भन्दा मान्य व्यक्ति कहाँ गएर टिका थाप्नु हाम्रो सामाजिक सस्कार र संस्कृति हो । तर यो पर्व मनाउँने अभ्यासको तरिका जात, वर्ग, समुदाय पिच्छे फरक हुन सक्छ । कोही मन्दिर जाला कोही बली देला कोही नदेला । कोही रातो टिका लगाउँला कोही नलगाउँला । पर्वमा वर्ग जात विशेषका संस्कार विद्यमान छन् ।

पर्व हाम्रा राष्ट्रिय धरोहर हुन् । संस्कृति हाम्रा सम्पदा हुन् । दशैंलाई बहिष्कार गर्ने वा अर्काे संस्कृति हुर्काउने कुरा राम्रो होइन । समाजिक सद्भाव र मेलमिलाप कायम गर्ने यी पर्व हाम्रा साझा फूलवारी हुन् । कुनै चाड आफूले नमनाउँने भन्दैमा त्यो पर्व प्रति नअनादर गर्नु हुदैन । ल्होसार वा छठ इद, उभौली उधौली जे सुकै भए पनि हामी नेपालीका साझा पर्व अनि संस्कृति हुन् । एक अर्काेको संस्कार अनि संस्कृतिप्रति हामीले सम्मान आदार भाव प्रकट गर्नु पर्दछ । यसले नै नेपाली समाजमा सामाजिक सद्भाव, सहिसुणता अनि एकता कायम राख्न सहयोग पु¥याउँछ । नेपाली समाज एकै वर्ग र जाति विशेषको छैन ।  हाम्रो समाज सवै जात र भाषाभाषीको संगम  छ । यो नै नेपालको विशिष्ट पहिचान हो । त्यसैले पर्वलाई सामाजिक सद्भाव कायम गराउँने माध्यमको रुपमा लिइनु पर्दछ ।
पाँच दिनसम्म मनाइने तिहार पर्वमा काग, गाई, गोरु, धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गर्नुका साथै अनि दिदीबहिनीले दाजुभाइको पूजा समेत गर्दछन् । प्रकृति अनि मानवबीचको सम्बन्धलाई गाढा पादै मनाइने तिहार पर्वको अर्काे विशेषता उज्यालो पनि हो, यसले खुसी र उमङग बाढ्ने गर्दछ । तिहारमा बालिने बत्तीको झिलिमिलीले अध्यारोलाई चिर्दछ र मानिसमा वेग्लै उमङग ल्याउँछ ।  जीवनको अज्ञानरुपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौ भन्ने सन्देश तिहारले दिन्छ । दाजुभाइलाई दिदीबहिनीले पूजा आजा गरि कोशेली दिने अनि दिर्घायुको कामना गदै आपसी सद्भाव प्रकट गर्ने यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड हो । यमराज अनि बहिनी यमुनाको पौराणिक कहानीमा आधारित यो पर्व अहिले हाम्रो संस्कृतिसंग जोडिएको छ ।
तिहार दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रकट गर्ने पर्व हो । तर नेपाली समाजको संरचना खलबलिएर दाजुभाइ दिदीबहिनीसंगै नहुदा तिहार पर्व  खल्लो बन्न गरेको छ कतिपयको ।  अधिकाँश नेपाली दाजुभाइ विदेशमा काम गर्न जाने कारण तिहार परिवारसंगै मनाउन पाइरहेका छैनन् । बर्ष भरि दाजुभाइसंग भेटघाट नभएको अवस्थामा तिहार पर्वले दाजुभाइ र दिदीवहिनी बीच मेलमिलाप गराउने काम पनि गर्दछ । यसले सद्भाव कायम पनि गराउँछ । यो पर्वलाई धार्मिक रुपले  लिइनु हुन्न । दशैं,  तिहार  छठ र अन्य पर्व हाम्रो संस्कृतिसंग जोडिएका छ ।
परम्परा देखि मनाउदै आएका पर्वहरु अहिले निकै खर्चिला बन्दै गएका छन् । त्यसैले पर्वलाई खर्चिलो बनाएर विकृत पार्नु हुन्न । तिहारमा जुवा खेल्ने र धेरै खर्च गर्ने जस्ता नराम्रा पाटोलाई हामीले हटाउँदै लैजानु पर्दछ । त्यस्तै तिहारमा खेलिने देउसीभैलो आशिर्वाद अनि शुभकामना आदानप्रदानका लागि खेल्नु पर्नेमा धन आर्जनको माध्यम पनि बनाउँने गरेको पाइन्छ । पर्वलाई खर्चिलो र भड्किलो बनाउँनमा समाजका धनी र सामान्त बर्गको पनि उतिकै भूमिका छ । किन भने उनीहरुको नक्कल अरु मानिसले गरिरहेका छन् । त्यसैले पर्वलाई भड्किलो पार्र्ने भन्दा सामाजिक सद्भाव कायम गदै संस्कृतिलाई जोगाउँने दिशामा लाग्नु जरुरी भैसकेको छ ।

– केशव पाठक

तपाइँको प्रतिक्रिया ।