प्रेस चौतारी अछामले भण्डाफोर गर्ने

कपन अनलाइन 

एकेन्द्र महता /अछाम

प्रेस चौतारी अछामको बैठकले पत्रकार महासंघ अछामले सदस्यता सिफारिस र नविकरणमा गरेको नियमविपरित कार्यको भण्डाफोर गर्ने निर्णय गरेको छ ।

महासंघले अछाम जिल्लाबाट पत्रकार महासंघको सदस्यता नविकरण र नयाँ सिफारिस गर्दा कुनै संचारमाध्ययमा आवद्ध नरहेको व्यक्तिलाई समेत सिफारिस र नविकरण गरेकोले त्यसको छानविनको माग गर्दै तत्काल सदस्यता शुद्धिकरण गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको बैठकमा सामान्य सञ्चारकर्मी समेत नभई कुनै पनि सञ्चारमाध्ययमसंग सामान्य साईनो समेत नरहेका व्यक्तिलाई सदस्यता दिएको भन्दै यो पत्रकार महासंघको मर्यादा र गरिमा विपरित कार्य भएकोले त्यसको शशक्त बिरोध र भण्डाफोर गर्ने निर्णय गरिएको हो ।

एउटै घरमा ३÷४ जना समेत महासंघको सदस्यमा सिफारिस भएको भन्दै महासंघ जस्तो गरिमामय संस्थामा किन कार्यकर्ता भर्ती गरिए झैँ भैरहेको छ, भन्दै प्रेस चौतारी अछाम आक्रोशित भएको छ । गैरपत्रकारहरुलाई सदस्यता दिने कार्य महासंघको विधि विधान विपरित भएको प्रैस चौतारी अछामले जनाएको छ ।

वैठकले ३ जना सदस्यलाई मनोनित समेत गरेको छ । जसमा ललित केसी, विष्णुप्रसाद भण्डारी र एकेन्द्र महता रहेका छन् । बैठकमा एमाले जिल्ला सचिवालय सदस्य प्रकाश शाह,जिल्ला कमिटि सदस्य नमराज न्यौपाने, पत्रकार महासंघका सचिव शिवराज ढुंगाना, प्रेस चौतारीका प्रदेश सदस्य पुष्पराज भट्ट, प्रेस चौतारीका पुर्व उपाध्यक्ष नरेशकुमार शाही, रेडियो रामारोशनका लेखा संयोजक कृष्णबहादुर बुढा, रेडियो जनप्रियका प्रबन्ध निर्देशक बम बहादुर रावल, रेडियो सोसाईटीका प्रबन्ध निर्देशक ध्रुव विसी, प्रेस चौतारीका ललित बुढा लगायतको सहभागिता रहेको थियो ।

बैठकको संचालन सहसचिव जगत जैगडीले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।