धनगढीमा स्पार्क क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना

कपन अनलाइन 

मिन ठकुरी 

धनगढी, १ फागुन । कैलालीको धनगढीस्थित संगम टोलमा स्पार्क क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना भएको छ । । राष्ट्रिय क्रिकेट खेलाडी पदम केसीको पहलमा उक्त क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना भएको हो ।
नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खोलिएको उक्त सेन्टरको आइतबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोपाल हमालले उद्घाटन गरे । उक्त सेन्टरको उद्घाटन गर्दै हमालले भने क्रिकेटको शहरको रुपमा चिनिने धनगढीमा क्रिकेट एकाडेमीले थप उत्साह र हौसला थप्ने छ ।
जिफण्टका ७ नम्बर प्रदेशका सचिव देवबहादुर बमले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन खेल क्षेत्रको ठुलो योग्दान रहेको बताउ“दै खेल क्षेत्रको विकासका गर्न खेलाडीलाई दक्ष बनाउन जरुरी रहेको र त्यसका लागि हरेक क्षेत्रमा प्रशिक्षण केन्द्र हुन जरुरी रहेको बताए ।
क्रिकेटका राष्ट्रिय खेलाडी निरज चन्दले नेपालका क्रिकेट प्रशिक्षण केन्द्रहरुको अभाव भैरहेको बेला यो ट्रेनिङ्ग सेन्टरले थप बढावा दिएको बताए । उनले ग्रामिण क्षेत्रमा रहेका क्रिकेट प्रतिभाहरुको प्रस्फुटन हुनेमा समेत विश्वास व्यक्त गरे ।
ट्रेनिङ्ग सेन्टरका निर्देशक पदम केसीले एकेडेमीमा जुनियर लेबलबाट खेलाडीहरुलाई ट्रेनिङ्ग दिइने बताए । उनले भने मैले क्रिकेट खेल्दा बाल्यकालमा जे समस्या भोगेको थिए, त्यो अबका पिडिले नपाउन भनेर स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हु । उनले केन्द्रले खेलाडीहरुलाई सर्वशुलभ तरिकाले व्याट, बल उपलब्ध गराउनुका साथै खेलाडीहरुको आवश्यकतालाई पुरा गर्ने बताए ।
झण्ढै सात लाखको लागतमा १३ कठ्ठा जग्गमा निर्माण भएको उक्त ट्रेनिङ्ग सेन्टरमा हाल महिला र पुरुष गरी ५० जना खेलाडीहरु प्रशिक्षणमा छन् । २०५५ सालदेखि क्रिकेट खेलमा लागेका स्पार्क एकेडेमीका निर्देशक केसीले राष्ट्रिय स्तरका यु–१५, १६, १७, १९ र सिनियर क्रिकेट प्रतियोगिता र अन्तराष्ट्रिय स्तरका ईण्डो नेपाल क्रिकेट प्रतियोगितामा पनि खेली सकेका छन् ।

स्थानिय दिलसिंह भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार सिताराम ओझाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।