इन्भेष्टमेन्ट बैंकबाट २३ लाख ४४ हजार गायब

कपन अनलाइन 

मिना ठकुरी 
धनगढी, १ फागुन । धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट २३ लाख ४४ हजार रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बताइएको छ ।
बैंकका म्यानेजर राजेन्द्र सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रमा लिइएको बताए । उनले अनुसन्धान भइरहेको जानकारी दिए ।
बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार धनगढी पुगेका थिए ।
पैसासँगै बैंकको चाबी समेत गायब पारिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।