गगन थापा र कुलमान घिसिङ सँगै (संबोधनको भिडियोसहित)

गगन थापा र  कुलमान घिसिङ सँगै (संबोधनको भिडियोसहित)

कपन अनलाइन, पोखरा । नेपाली समाजमा यतिखेर  सर्वाधिक चर्चामा रहेका दुई विशेष पात्र एकै ठाउँमा । वुकवर्म फाउण्डेशन र र्यान्डम रिडर्स सोसाईटीको पहलमा पोखरामा जारी छैठौं साहित्यिक महोत्सवमा भएको ‘चाँदीका घेरा’  विषयक छलफल कार्यक्रममा सहभागि हुँदै स्वस्थ्य मन्त्री गगन थापा र  नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले कार्यक्रमलाई सम्बोधन गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले आगामी पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा पु¥याउने मन्त्रालयको लक्ष्य रहेको बताए ।  छैटौँ साहित्यिक महोत्सवमा आयोजित ‘चाँदीका घेरा’ विषयको छलफल कार्यक्रममा उनले यसका लागि सरकारी सेवामा प्रवेश गरेका चिकित्सकले एक वर्षसम्म तोकिएका स्थानका जुनसुकै स्वास्थ्य चौकीमा गएर काम गर्नुपर्छ भने ।

थापाले सातवटै प्रदेशमा मेडिकल कलेज खोली स्नातकस्तरको पढाइ सञ्चालन गरिने बताउँदै तत्कालका लागि सबै प्रदेशमा क्षेत्रीयस्तरको प्रयोगशाला निर्माण गरिने जानकारी दिए । उनले रु ६० अर्बको बजेट व्यवस्था हुन सके पाँच वर्षभित्र वीर अस्पतालदेखि सबै गाउँका स्वास्थ्यचौकीमा स्तरीय उपचार सेवा पुर्याउन सकिने नक्साङ्कन मन्त्रालयले कोरिसकिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक-डेढ वर्षभित्र प्राधिकरणलाई नाफामा लैजाने दृढता व्यक्त गरे । अहिले प्राधिकरणले वार्षिक रु १२ अर्बको घाटा व्यहोरिरहेको जनाइएको छ । उनले अहिले चुहावट नियन्त्रण गर्न व्यवस्थापन पक्ष लागेको जानकारी पनि दिए ।

तस्बिर: निमदत्त सुवेदी

तपाइँको प्रतिक्रिया ।