जेसीजको तेस्रो साधारण सभावाट नया नेतृत्व चयन अध्यक्षमा भण्डारी
कपन अनलाइन
अछाम जेसीज वर्ष २०१६ का अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको साधारण सभाले टिकेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा वर्ष २०१७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । युवाहरुको नेतृत्व र ब्याक्तित्व विकामा क्रियाशिल संस्था अछाम जेसीजको तेस्रो अधिवेशन तथा साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
आइतबार सदरमुकाम मंगलसेनमा भएको साधारण सभावाट कार्यकारी उपाध्यक्षमा ललित रैगाई र मिन बहादुर बोगटी, उपाध्यक्षमा बिन्दु रावल, पूर्ण बहादुर खड्का, होम बहादुर साउद र बिष्णु प्रसाद भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै साधारण सभा मार्फत कानुनी सल्लाहकारमा बम बहादुर रावल, अध्यक्ष सल्लाहकारमा खेमराज ढुंगाना, थिम डाईरेक्टरमा दान बहादुर साउदलाई चयन गरेको छ ।
यस्तै महाँसचिवमा छत्र प्रसाद धमाला र कोषाध्यक्षमा कविराज जोशीलाई मनोनित समेत गरिएको छ । निर्वाचित सबै पदाधिकारीलाई १९ गते नेपाल जेसीजका प्रतिनिधीको बिशेष उपस्थितीमा भब्य समारोहका बिच पदस्थापन गरिने जनाईएको छ । साधारण सभामा निर्वाचन अधिकृतको रुपमा अधिवक्ता खडक खड्का, निवर्तमान पदाधिकारी लगायत अछाम जेसीजमा आवद्ध जेसीहरुको उपस्थिती रहेको थियो ।