अब मुटु तथा बाथ रोगको निशुल्क उपचार हुने भो

अब मुटु तथा बाथ रोगको निशुल्क उपचार हुने भो

कपन अनलाइन, काठमाडौँ । एकपछि एक नयाँ काम गरिरहेका स्वास्थ्य मन्त्री गगन थापाको प्रयासमा अब नेपालमा मुटु तथा बाथ रोगको निशुल्क उपचार हुने भएको छ । सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ गतेबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरेको हो। आज सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर नेपालमा युवामा मुटु रोगको समस्या बढ्दै गएको भन्दै सरकारले यो घोषणा गरेको हो ।

 

सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथ, मुटु रोगको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ। सरकारले बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जबाट निःशुल्क प्रदान गर्ने भएको छ। खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहुँचमा पुर्‍याउन सो सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए।

आज सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर यो महत्वपूर्ण घोषणा सार्वजनिक गरिएको हो ।  नेपालमा काम गरी आम्दानी गर्ने  युवा तथा विदेशमा रोजगारीका लागि गएका युवामा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँदै गरेको अबस्थामा आएको यो घोषणा वर्तमान सरकारको ठूलो घोषणा मध्ये   एक हो ।

 

तपाइँको प्रतिक्रिया ।