बुनपा तरूण दलले ८० विपन्न परिवारलाई कम्बल वितरण गर्यो

बुनपा तरूण दलले ८० विपन्न परिवारलाई कम्बल वितरण गर्यो

कपन अनलाइन, काठमाडौँ । नेपाल तरूण दल बुढानिलकण्ठ नगरपालिका कमिटिले ८० विपन्न परिवारलाई कम्बल  वितरण गरेको छ । बुनपा तरूण दल अध्यक्ष राजुविक्रम थापाको प्रयासमा केही दाता तथा समाजसेवीबाट सहयोग जुटाएर सो कम्बल वितरण गरिएको हो । बुनपाको कौडोलमा भुकम्प पिडीतहरूलाई निशुल्क इँटा बनाउने कामसमेत गरिरहेको बुनपा तरूण दलले सामाजिक महत्वको काममा कृयाशिलता देखाइरहेको छ ।

कम्बल वितरण कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूसहित समाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति थियो । कम्बल वितरण अघि अनौपचारिक कार्यक्रमलाई नेका क्षेत्रीय सभापति राजु श्रेष्ठले सम्बोधन गरेका थिए । सभापति श्रेष्ठले विपन्नहरूमा जाडोको बेलामा कम्बल वितरण गर्ने तरूण दलको कार्यको प्रशंसा गरेका थिए ।

अनौपचारिक कार्यक्रमलाई तरूण दल क्षेत्रीय अध्यक्ष अनुप प्रधान, नेका क्षेत्रीय सदस्य सागर बैजु, तेज रोक्का लगायतले सम्बोधन गर्दै बुनपा तरूण दलको प्रयासलाई सरहाना गरेका थिए ।

(फोटो राजु श्रेष्ठ फेसबुक)

तपाइँको प्रतिक्रिया ।