अछामका सचिव यज्ञ बोगटीले भने संविधान कार्यान्वयन तत्काल गर्नु पर्छ

अछामका सचिव यज्ञ बोगटीले भने  संविधान कार्यान्वयन तत्काल गर्नु पर्छ

कपन अनलाइन / एकेन्द्र महता

माघ १५ अछाम । राष्ट्रिय एकता समृद्धि र स्वाविमानी, संविधान कार्यान्वयन एमालेको अभियान, भन्ने मुल नाराका साथ नेपालको संविधान कार्यान्वयन र हाम्रो विषायक अन्र्तक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अछामको आयोजनामा नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटीले ९० प्रतिशत जनप्रतिनिधिबाट बनेको संविधान २०७२ विश्वकै उत्कृट भएको कुनै दुई मत नरहेको बताउनु भयो । केहि मधेशी दलका नेता बाहेक मधेशका अधिकाश जनता छिटो भन्दा छिटो संविधानको कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको दावि गर्नु भयो ।

अहिललेको आवश्वकता थ्रेस होल्डमा रहेर जसरी पनि स्थानिय निकाय देखि तिनै तहका निर्वाचन हुनु पर्नेमा जोड दिनु भयो । यस्तै नेपाली काग्रेसका क्षेत्रिय सभापति लक्ष्मण शाहीले काग्रेसलाई भारत प्रस्त र एमालेलाई काग्रेसले चिन प्रस्त आरोप प्रत्याआरोप लगाएर संविधान कार्यान्वयन नहुने बताउनु भयो ।

शाहिले सासंदहरुको भत्ता बृद्धि गर्नमा जसरी एकजुट भए त्यसै गरी सम्पूर्ण सासंदले एक जुट भएर संविधान कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण रावलले संविधान घोषणा गरेर मात्र संविधान पूरा नहुने बताउनु भयो । विभिन्न बाहानामा प्रमुख राजनितिक दलले संविधानलाई ओझेलमा पार्न नहुने र संसदमा संविधान संशोधनबारे प्रस्ताव टेबुल हुदैमा अन्य पाटीले विरोध गर्न नहुने तर्क राख्नु भयो ।

केन्द्रिय सदस्य रावलले ७ राजनितिक दलले १९ दिने जनआन्दोलन गरी राजतन्त्र हटाईयो ति दिन सम्झेर भए पनि संविधान कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । यस्तै प्रगतिशिल तथा पेशागत कानुन ब्यवसायि संगठनका केन्द्रिय सदस्य खड्ग खडकाले संविधान कार्यान्वयन सबैको हितमा रहेकाले संविधान राजनितिक रंग दिनु नहुने र यदि संशोधन गर्नु परेपनि सबैको पक्षमा संशोधन हुनु पर्ने बताउनु भयो ।

मन्तब्य दिने सबै बक्ताले जसरी पनि संविधान छिटो कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै गोष्ठिमा नेकपा एमाले जिल्ला सदस्य नमराज न्यौपाने, अन्र्तपाटी महिला संञ्जालका जिल्ला अध्यक्ष सरस्वती रावल, अनेरास्ववियूका केन्द्रिय सदस्य तथा अछाम बाजुरा ईञ्चार्ज डम्मर विसि, नेविसंघका जिल्ला सचिव वम स्वार प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहरा रेडियो जनप्रियका समाचार प्रमुख होम साउद लगायतले मन्तब्य राख्नु भएको थियो ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बोहराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य हिरेण्ड भट्टराईले गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।