धार्मिक आस्थाको धरोहरलाई जोगाउनु पर्ने : कुंवर
कपन अनलाइन / एकेन्द्र महता अछाम
साँफेबगर, अछाम धार्मिक आस्थाका धरोहरलाई जोगाउनु पर्ने एमाले अछामका अध्यक्ष शेर बहादुर कुंवरले बताउनु भएको छ । देश भरिका चार धाम मध्यको एक वैद्यनाथ धामलाई देश विदेशमा प्रचार प्रसार गरी हजारौ लाखौ प्रयटक भित्राउन सके जिल्लाको आर्थिक स्थीतीमा राम्रै सुधार हुने ठोकुवा गर्नु भएको छ ।
पूर्ब सभाषाद एबं एमाले प्रदेश नं ७ का सदस्य समेत रहनु भएका कुंवरले वैद्यनाथ धाम जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षणका लागी सवैले एकजुट भएर लाग्नु पर्ने वताउनु भयो । चार धाम मध्यको एक धाम वैद्यनाथधाममा विविध साँस्कृतिक कार्यक्रम सहित मकर संक्रान्ती मेला भव्यरुपमा सम्पन्न भएको हो ।
हरेक वर्षको माघ १ गते मनाईने माघे संक्रान्ती मेलामा शनिवार विहानै वाट वैद्यनाथ मन्दिरमा हजारौ भक्तजनले पुजाआजा गरेका छन । दिनभर भने पुजाआजा सहित औपचारिक रुपमा भव्य मेला लागेको थियो । वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष भरत कुमालको अध्यक्षतामा दिउसो भएको औपचारिक कार्यक्रममा पुर्व सभाषद एवं नेकपा एमाले अछामका अध्यक्ष सेर वहादुर कुँवर प्रमुख अथिती रहनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य टिकाराम खनाल र अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल विशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका डण्डीराज जोसी, नेकपा एमालेका शिलोज कुँवर, माओवादी केन्द्रका सुरत भुल, जिल्ला विकास समिति अछामका योजना अधिकृत मित्रदेव लम्साल, मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसी, जिल्ला वन अधिकृत सुन्दर कुमार मिश्र, शसस्त्र प्रहरी वल खप्तड गुल्म साँफेवगरका डि.एस.पी. राधेश्याम धिमाल, पत्रकार महासंघ अछामका अध्यक्ष राम वहादुर कुँवर लगायत जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख प्रतिनिधीहरुको उपस्थिती रहेका थियो ।
मेलामा अछाम जिल्लाको लोक संस्कृति झल्कीने होरी, भुवो, न्याउले, पुतला जस्ता साँस्कृतिक कार्यक्रम प्रदशन गरिएका थिए । वैद्यनाथ धाममा पुजाआजा गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ ।
घुघुरकोट गाबिस ३ को बिशेस सास्कृतिक प्रस्तुति रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष पुर्णचन्द्र उपाध्यायको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य भरत खड्काले गर्नुभएको थियो ।