वन सचिव र सहसचिवको बिदाइ

कपन अनलाइन

काठमाडौँ: वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल सचिवको पाँचवर्षीय कार्यकाल पूरा गरी सेवा निवृत्त हुनुभएको छ ।
वन मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव पौडेल र उमेर हदका कारण सेवानिवृत्त मन्त्रालयका सहसचिवद्वय रेशमबहादुर डाँगी र सुरेन्द्र यादवलाई बिदाइ गरियो ।
कार्यक्रममा वनमन्त्री शङ्कर भण्डारी र राज्यमन्त्री दीर्घराज भाट, निमित्त सचिव प्रेमनारायण कँडेललगायतले सेवानिवृत्त कर्मचारीले सरकारी सेवामा रहँदा गर्नुभएको योगदानको प्रशंसा गर्दै सुस्वास्थ्य र सफल जीवनको शुभकामना दिनुभयो । मन्त्रालयमा ज्येष्ठताका आधारमा सहसचिव कँडेलले आजदेखि निमित्त सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।