गीतकार रिन्जि सागर राईको प्रीत एल्बम सार्वजनिक ।

गीतकार रिन्जि सागर राईको प्रीत एल्बम सार्वजनिक ।

 कपन अनलाइन 

पौष १६, काठमाण्डौ । कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो आधुनिक गितिसंग्रह प्रीत सार्वजनिक भएको छ । हिजो शनिबार काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा बरिष्ठ संगितकार सुरेस अधिकारीको प्रमुख आतिथ्यतामा प्रीत एल्बम बिमोचन गरिएको हो ।

 

प्रीतमा गीतकार राईका ५ वटा गीत समावेश गरिएको छ । सुरेस अधिकारी,लक्ष्मण शेष,राजशुक्र लिम्बु र जसिहाङ राईको संगित रहेको एल्बममा स्वरुपराज आचार्य,अञ्जु पन्त,रजिना रिमाल,मेलिना राई,प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन् । प्रीतभित्र न हौँ उदास, भुलुँ भुलुँ भुल्नै सकिन,सपनीमा आयौ तिमी,केहि बन्न चाहान्छौ र जहाँ थियौ बोलका गीत समावेश छन् ।

 

प्रीत एल्बम भिक्टोरिया म्युजिकले बजारमा ल्याएको हो । कवि एवं गीतकार रिन्जि सागर राईको यसअघि आरम्भ यात्रा कवितासंग्रह प्रकाशित भइसकेको छ । विभिन्न चलचित्रहरुमा पनि गीतकार रिन्जि सागरका गीत समावेश गरिएको छ ।

 

जसअन्तर्गत भैरब चलचित्रको शीर्ष गीत नाच भैरे नाच, हाउ फन्नीको शीर्ष गीत एक थुंगा तारा टिप्न आकाश पुग्नु पर्दैन सर्वाधिक लोकप्रीय छन् । त्यस्तै मतान चलचित्रमा गायीका सुनिता राईको स्वरमा रहेकोसम्झनामा सधैँ सधैँ बोलको शीर्ष गीत पनि चर्चित छ ।

 

बिमोचन समारोहमा बोल्दै बरिष्ठ संगितकार सुरेस अधिकारीले रिन्जि सागर राई अब कविमात्र नभई एक स्थापित गीतकार भइसकेको बताउनुभयो । साथै प्रीतभित्रका गीतमा मायाप्रेमका मात्रै नभई सन्देशमुलक र चेतनामुलक गीत समावेश रहेको अधिकारीले बताउनुभयो ।

 

एल्बम बिमोचनका क्रममा बोल्दै गीतकार रिन्जि सागर राईले आफ्ना गीतले नेपाली सांगितिक क्षेत्रमा एउटा ईट्टा थप्न मद्धत पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

तपाइँको प्रतिक्रिया ।