आइफोन ६ र ७ मा फोर जी नचल्ने !

आइफोन ६ र ७ मा फोर जी नचल्ने !

कपन अनलाइन

पौष १७ । नेपाल टेलिकमले फोर जी सेवायुक्त मोबाइल नेटवर्क शुरू गरेको छ । आज सार्वजनिक गरेको चौथो पुस्ता प्रविधि (फोर जी) सेवामा नयाँ आइफोन  प्रयोगकर्ता अभागि सावित हुने भएका छन् । आइफोन  ६, ७ यो सेवा नचल्ने भएपछि ठूला र मंहगा सेटवालाले यो सेवा नपाउने भएका हुन् । ६ र ७ बाहेक सबैले उपयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले आइफोन सिरिज ६,७ फोनमा तत्कालका लागि फोर जी नचल्ने बताए।आइफोनको ५ सिरज सम्ममा भने चल्नेछ । यो सेवा हाललाई पोस्टपेड नम्बरमा मात्र उपलब्ध हुनेछ ।

 

फोरजी सेवा शुभारम्भको अवसरमा टेलिकमले  जनवरीभरि सेवा रजिष्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन १ जिबीका दरले ४ दिनका लागि ४ जिबी निःशुल्क डाटा प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ।फोर जी रजिष्टर्ड गर्न स्टार ४४४ ह्याज डायल गर्नुपर्छ।यदि रजिष्टर्ड हुन नमानेमा टेलिकमबाट नयाँ यु(सिम लिएर सेवा दर्ता गर्न सकिन्छ।  एन्ड्रोइड फोनमा फोर जी सेवा सुचारु गर्न सकिने छ तर यसका लागि युसिम हुनु पर्नेछ ।

यसैगरी टेलिकम अधिकारीका अनुसार अहिले टेलिकमका झण्डै ३ लाख ५० हजार पोष्ट पेड प्रयोगकर्ताले फोेर जी सेवा लिन सक्नेछन्। तीन वर्षअघिकै पोष्टपेड सिम प्रयोग गरिरहेका ग्राहकले टेलिकमबाट युसिम लिएर मात्रै यो सेवा प्राप्त गर्न सक्नेछन्। युसिम सानो आकारमा उपलब्ध सिम हो। ५० रुपैयाँ अतिरिक्त शुल्क तिरे पछि टेलिकमका शाखाले युसिम बनाइदिने अघिकारीले जानकारी दिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।