नेपालको आफ्नै सोसलमिडिया शुभदिनको शुभारम्भ

नेपालको आफ्नै सोसलमिडिया शुभदिनको शुभारम्भ

कपन अनलाइन 
काठमाडौं । शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालि द्धारा प्रकाशित शुभदिन डटकम को औपचारिक शुभारम्भ भएको छ ।

 

नेपालको आफ्नै सामाजिक सन्जालका रुपमा शुभदिन डटकम सन्चालनमा आएको हो । अभिव्यक्ति स्वतन्त्रताको नयाँ आयामका रुपमा निर्वाध सूचना प्रवाहका माध्यमबाट समाजका सबै खाले सरोकारमा हरेक नेपालीको पहुँच सुनिश्चित गर्नु यसको मूल उद्देश्य हो ।

 

समाचार कक्षबाट उ्रत्पादित र प्रसारित हुने निरन्तर र खोजमूलक सूचना सामग्रीबाहेक हरेक नेपालीले आफूलाई लागेको, देखेको र भोगेको विषय, मुद्दा वा घटना शुभदिन डटकममा आफैं प्रकाशित गर्नेछन् ।
शुभदिन डटकममा सूचना सम्प्रेषणबाहेक सार्थक सामाजिक सम्बन्ध एवम् अन्तरसंवादलाई प्रोत्साहित गर्न विभिन्न विशेषताका फिचरहरु राखिएका छन् । अटोग्राफ, कज, प्रेइज एण्ड कम्प्लेन, इन्फोटिस, पोल्स र क्लव नामका फिचरहरुबाट शुभदिन डटकम सामाजिक सन्जालहरूको फैलँदो दुनियाँमा फरक परिचय बनाउन सफल हुने हाम्रो विश्वास छ ।

 

यो संरचना नेपालवासी र नेपालीभाषी समुदायको खाँचो र रुचिका आधारमा तयार गरिएको हो । शुभदिन डटकमसँग नेपाल भरका अलावा संसारका ६० देशमा प्रतिनीधि हुनेछन् ।
‘अटोग्राफ’ नेपालीहरुबीच दशकौंदेखि चल्दै आएको मैत्री परम्पराको एउटा अभ्यास हो । यसबाट आपसका रुचिहरु पहिचान गर्न र रुचाएको व्यक्तिबारे इच्छित जानकारी लिन सकिन्छ । अटोग्राफलाई मुख्य फिचरका रुपमा प्रस्तुत गर्ने संसारकै सम्भवतः पहिलो सामाजिक सन्जाल शुभदिन डटकम हो । यसका अन्य फिचरले पनि नेपाली समुदायलाई सकरात्मक र प्रगतिशील सम्बन्धमा अगाडि बढ्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
शुभदिन डटकम स्वतन्त्रतासंगै कर्तव्य र जिम्मेवारीलाई अहम र अविछिन्न रुपमा हेर्छ । समाजमा सही अभिमत निर्माण गर्न यसले हरेक तहका सूचना प्रवाहलाई जिम्मेवार बनाउने कार्यप्रणाली अनुशरण गर्छ ।
शुभारम्भका अवसरमा शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरका प्रेसिडेन्ट एण्ड सिइओ सनतकुमार न्यौपानेले अभिव्यक्ति क्रान्तिलाई आधार बनाएर सीमित स्रोतबाट सुरु भएको शुभदिन डटकमको चर्चा समयक्रममा सिलिक्यान भ्यालीसम्म पुग्नेगरी अगाडि बढ्ने बताए ।

 

सम्पादक खिलानाथ ढकालले नेपालकै सबैभन्दा प्रभावकारी सूचना माध्यमका रुपमा हरेक नेपालीलाई आफनो खबर आफैं लेखाउन शुभदिन डटकम सफल हुने उल्लेख गरे ।
साथै निर्देशक उज्वल घिमिरेले शुभदिन डटकम छोटो समयमै हरेक नेपालीको ‘वेस्ट फ्रेण्ड’ बन्ने विश्वास व्यक्त गरे ।

 

तपाइँको प्रतिक्रिया ।