भानु साहित्यिक पत्रिकाको भानु स्वर्ण वर्ष विशेषाङ्कक विमोचन

असोज २० /भानु साहित्यिक पत्रिकाको भानु स्वर्ण वर्ष विशेषाङ्कको आज बौद्ध, रामहिटी को साहित्य सदनमा पूर्व प्रधान मन्त्री तथा नेकपा  एमाले  का अध्यक्ष झलनाथ खनालले विमोचन गर्नुभयो । भवानी घिमिरे  को  चौथो स्‍मृति सभा पारी आयोजना गरिएको कार्यक्रम मा  बोल्दै खनालले भन्नु भयो देशमा संकट आएको र उक्त संकत टाल्न साहित्येकार लेखक लगायेतका ले आफ्नु कलमको माध्यम बाट सबै राजनीति दलहरूलाई घचघच्यौनुपर्ने बताउनु भयो !

साहित्य स्रवण गर्दै पूर्व प्रधान मन्त्री तथा नेकपा एमाले का अध्यक्ष झलनाथ खनाल

भानु मासिकका प्रमुख सम्पादक राम प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उप  कुलपती गंगा उप्रेती , प्रदिप ज्ञावली राम क्रिष्ण दुवाल ,घिमिरे पत्नि तथा भानुका प्रकाशक शिवानी घिमिरे  लगायतले घिमिरेको व्यक्तित्व, सामाजिक, साहित्यिक पाटाहरू तथा साहित्य र पत्रकारिता वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम भवानी मासिक परिवार  ले आयोजना गरेको थियो !

भवानी प्रसाद घिमिरे वारे थपजान्कारी

नाम – भवानी प्रसाद घिमिरे
जन्म – वि. सं. १९८७, असोज-
सेवा – साहित्यिक पत्रकारिता, राजनीति / शिक्षा – स्नातक
भ्रमण – नेपाल, भारत, बेलायत, सोभियत रुस / बिधाः कविता/कथा,अन्य

संलग्नता
महानन्द पुरस्कार समितिका अध्यक्ष / सा. प. स. का सभापति,
सा. प्र. का संचालक सदस्य / सडक कविता क्रान्तिका अग्रणी
पहिलो रचना – वि.सं. २००४/५ तिर प्रकाशित

मौलिक कृतिः –
१) आत्मा- ज्वाला- कथा संग्रह -२) नानी- कथा संग्रह -३) स्मृतिका रेखाहरु – कविता संग्रह
४) माउन्सेतुङ्ग-जीवनी

सम्पादित, अनूदित र फुटकर कृति –
१) “भानु” पहिले त्रैमासिक हाल मासिक-सं.
२) कारागार भित्र प्रतीक्षा र अन्य कविता गुमानसिंह चामलिङको कविता संग्रह – सं.
३) कामरेड जाने होइन – कथा संग्रह – सं. -४) जययुग – पाक्षिक- सं
५) हाम्रो नेपाल मासिक -सं. -६) युवक – मासिक – सं. -७) नभाग – कथा संग्रह – संपादन
८)) गाउँको सन्देश – कथा संग्रह – संपादन -९) मेची किरानाका कविताहरु – सह-सम्पादन
१०) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध आदि प्रकाशित

पुरस्कार, मान – सम्मान, पदकः –
१) वि. सं. २०४५ मा प्राज्ञिक क्रियाकलाप गरेबापत शिक्षा मन्त्रालयबाट पुरस्कृत
२) नेपाल तथा प्रवासमा अविनन्दित
ठेगाना – निवास – भानुनगर भद्रपुर -८, झापा,

२००९ सालदेखि प्रगतिशील साहित्यिक र राजनीतिक गतिविधिमा सकि्रय भवानी घिमिरे प्रगतिशील लेखक सङ्घका संस्थापक मध्येका एक हुनुहुन्थ्यो भने सङ्घको पहिलो सम्मेलनको समुद्घाटन उहाँले गर्नुभएको थियो । भवानी घिमिरे वि।सं। १९८६ को असोजमा विजयादशमीको दिन मोरङ जिल्लाअन्तर्गत विराटनगरको मधुमारा टोलमा जन्मनुभएको थियो ।

पिता हिरण्यनाथ र हाटकेशरीदेवीका माहिला छोरा घिमिरेको बाल्यकालमै घरको वार्दलीबाट खस्दा देब्रे हात भाँचिएको थियो । काशी हिन्दु विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गर्नु भएका घिमिरे महाकवि देवकोटाका सहायक भई युगवाणी पत्रिकाका प्राशनमा संलग्न रहनुभएको थियो । विराटनगरको जनता माद्यमिक विद्यालय र मेची बहुमुखी क्याम्पसमा केही समय अध्यापन कार्यमासमेत संलग्न भवानी घिमिरे पछिल्लो अवधिमा काठमाडौँमा रहेर भानु साहित्यिक पत्रिकाको प्रकाशन कार्यमा कि्रयाशील हुनुहुन्थ्यो । २०२० सालमा झापाबाट प्रकाशन आरम्भ गरिएको भानु साहित्यिक पत्रिका हालसम्म नियमित प्रकाशित भइरहेको छ । भानु पत्रिकाका देवकोटा लेखनाथ महानन्द सापकोटा गोकुल जोशी हरिभक्त कटुवाल सिक्किम र असम विषेशाङ्कहरु विशेष चर्चामा रहेका छन् । लामो समयदेखि घिमिरेले साहित्यिक पत्रकार सङ्घको नेतृत्वसमेत गर्नुभएको थियो ।
निरङ्कुश पाचायती कालमा साहित्यद्वारा पाचायत विरोधी भावना उत्प्रेरित गर्न २०३६ सालमा देशव्यापी ुसडक कविता आन्दोलनु को आरम्भ गरी त्यसको प्रमुख संयोजन भवानी घिमिरेले गर्नुभएको थियो । २००९ सालमै आत्मज्वाला जस्तो प्रगतिशील कथासङ्ग्रह लिएर देखा पर्नुभएका घिमिरे कविता कथा निबन्ध संस्मरण समालोचना एवम् दर्जनौँ पुस्तकहरुका भूमिका लेखकका रुपमा परिचित हुनुहुन्थ्यो ।

भानु स्वर्ण वर्ष विशेषाङ्क विमोचन का फोटो हरू :

तपाइँको प्रतिक्रिया ।